Logo

मंगलवार, भाद्र ९ गते २०८३

सरकारले कैयौं विषयमा गल्ती गरेको छः विश्वप्रकाश शर्मा

सरकारले कैयौं विषयमा गल्ती गरेको छः विश्वप्रकाश शर्मा


सरकारले कैयौं विषयमा गल्ती गरेको छः विश्वप्रकाश शर्मा

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कैयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन्।

महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई सजाय माफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए।

उनले सरकारले संसदमा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए।

‘…अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आम माफीको प्रक्रियाबाट छोड्दैछ। त्यसैले त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु। विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन। त्यसको कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ, त्यसलाई कार्यान्वयन गर्ने समाज, त्यसलाई कति गम्भिर रुपमा लिन्छ? त्यसैले मैले टुंग्याउँदै गर्दा अन्तिममा अपिल र आग्रह गर्न चाहन्छु– सरकार कयौं निर्णयहरुमा जो कमजोरी गरिरहेको छ, यो विषय कमजोरी नगरोस्। गल्ती नगरोस्,’ उनले भने।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक