Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा


कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समयानुसार राति करिब १ः३० बजे उनी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका निम्ति यूएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत त्यहाँस्थित दूतावासका अधिकारीहरूले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्डले आज यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकन र नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । आजै साँझ उनले नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

कोप–२८ मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म दुबईमा हुँदै छ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीयसत्रमा भाग लिने कार्यक्रम छ । उनले डिसेम्बर २ मा उच्चस्तरीयसत्रमा राष्ट्रिय वक्तव्य दिने सचिवालयले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक