प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बहुमत सांसदको मत पाएका हुन्। संसद्मा उपस्थित २६८ सांसदमध्ये दाहालको पक्षमा १५७ मत परेको छ। विपक्षमा ११० जनाको मत परेको छ।
उनले बुधबार संसदमा माओवादी,रास्वपा,जसपालगायत दलको गरी विश्वासको मत प्राप्त गरेका हुन्। प्रचण्डलाई विश्वासको मतको लागि १ सय ३८ मत आवश्यक पर्नेमा उनले १५७ मत पाएका हुन्।
प्रचण्डलाई माओवादी, एमाले, रास्वपा, जसपा, नागरिक उन्मुक्ति लगायतका सांसदका मत पाएको हो। प्रचण्डलाई स्वतन्त्र सांसदहरु प्रभु शाह,अमरेश सिंह र योगेन्द्र मण्डलले पनि मत दिएका हुन्। कांग्रेस,राप्रपा,जनमत,लोसपा,नेपाल मजदुर किसान पार्टीले प्रचण्डलाई मत दिएनन्।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।