Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली


प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

सोमबार बिहान ओली प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। पछि‍ल्लो केही दिनयता शीर्ष नेताहरूबीचको भेटघाट र छलफल बाक्लिएको छ।

यसअघि आइतबार पनि ओली, दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका)का सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो।

यो छलफलको कारण भने यसअघि शनिबार एमालेका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको छलफल हो। देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सत्तापक्षीय तथा प्रतिपक्षीय दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो।

ओलीले देउवासँग भेटघाट गरेपछि विशेषगरी माओवादी पार्टी तरंगित भएकाे छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक