Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिने


प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिने

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार संसदमा विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्ता सहकार्य सुरु गरी प्रधानमन्त्री बनेका ओलीले ६ गते संसदमा विश्वाशको मत लिन लागेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र एकीकृत समाजवादी नेकपा एसबाहेक अन्य दलले साथ छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो। प्रचण्डको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्रीमा ओलीको यो चौथो कार्यकाल हो। ठूलै राजनीतिक फेरवदल नभए ओलीले सदनमा विश्वासको मत पाउने पक्का छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण