Logo

मंगलवार, भाद्र ९ गते २०८३

विचौलियाहरूको पहलमा नयाँ गठबन्धन : प्रचण्ड

विचौलियाहरूको पहलमा नयाँ गठबन्धन : प्रचण्ड


विचौलियाहरूको पहलमा नयाँ गठबन्धन :  प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् । 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाको पक्षमा काम गर्दा सरकार ढालेको बताएका हुन् । 

प्रचण्डले युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरूका हकहितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको बताए । उनले विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गरे । विचौलियकै पक्षमा सरकारले काम गर्ने उनको आरोप छ । 

उनले पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराविरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरूको मुख्य लक्ष्य रहेको स्पष्ट पारे । 
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक