Logo

मंगलवार, भाद्र ९ गते २०८३

संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ:गृहमन्त्री

संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ:गृहमन्त्री


संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ:गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार (भदौ ८) काठमाडौमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए ।

संविधान निर्माणका निम्ति २० वर्ष लागेको उनले स्मरण गरे । यो असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसकिने उनले जिकिर गरे । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ थियो ।

समय र समाजको विकासको गतिअनुसार संविधान पनि परिमार्जन गर्नुपर्ने उनले बताए । समयसापेक्ष संविधान संशोधनका निम्ति वर्तमान सरकार गठनको बेला नेपाली (कांग्रेस) र नेकपा (एमाले)ले सहमति गरेको पनि उनले उल्लेख गरे । सरकार गठनको एक वर्षमा पनि संविधान संशोधनको कार्य सुरु गर्न नसकिएको उनले स्वीकार गरे ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक