Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

पीएसजीविरुद्ध बायर्नको रोमाञ्चक जित

पीएसजीविरुद्ध बायर्नको रोमाञ्चक जित


पीएसजीविरुद्ध बायर्नको रोमाञ्चक जित

काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरको निर्णायक गोलप्रेरित लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट रियाल मड्रिडविरुद्ध १–० को साँघुरो जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन म्याक एलिस्टरले दोस्रो हाफमा गरेको गोल पर्याप्त बन्यो ।

एलिस्टरले ६१औँ मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो ।जितसँगै चार खेलबाट नौ अंक जोडेको लिभरपुल तालिकाको छैटौँ स्थानमा छ । समान खेलबाट नौ अंक नै जोडेको रियाल तालिकाको पाँचौँ स्थानमा छ ।

मंगलबारै भएको अर्को खेलमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध बायर्न म्युनिखले २–१ को रोमाञ्चक जित निकाल्यो ।

पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन दुवै गोल लुईस डियाजले गरे । पीएसजीका जाओ नाभासले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको चौथो र ३२औँ मिनेटमा डियाजले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा डियाजले नै रातो कार्ड पाउँदै बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।७४औँ मिनेटमा नाभासको गोलमा पीएसजीले खेलमा फर्किने प्रयास गरे पनि त्यसमा सफल बन्न सकेन ।

प्रतियोगितामा अपराजित बायर्नले चार खेलबाट १२ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको पीएसजीले नौ अंक जोडेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ