Logo

मंगलवार, भाद्र ९ गते २०८३

कांग्रेस विशेष महाधिवेशन : निर्वाचनपूर्व गठबन्धन प्रवृत्तिको अन्त्य, कांग्रेस चुनावमा एक्लै लड्ने

कांग्रेस विशेष महाधिवेशन : निर्वाचनपूर्व गठबन्धन प्रवृत्तिको अन्त्य, कांग्रेस चुनावमा एक्लै लड्ने


कांग्रेस विशेष महाधिवेशन : निर्वाचनपूर्व गठबन्धन प्रवृत्तिको अन्त्य, कांग्रेस चुनावमा एक्लै लड्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपूर्वको गठबन्धन प्रवृत्तिको अन्त्य गर्ने जनाएका छन् । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार (पुस २८) राजनीतिक प्रतिवेदन पेस गर्दै उनले निर्वाचनमा कांग्रेस एक्लै लड्ने समेत बताए ।

“निर्वाचनपूर्वको गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक विचार र संगठनलाई थप क्षति पुग्ने तथ्यलाई मनन गर्दै पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई विश्वास दिलाउँदै नेपाली कांग्रेसले भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन (प्रि–इलेक्सन एलाइन्स) गर्ने छैन,” २०८० फागुनमा ललितपुर गोदावरीमा सम्पन्न महासमिति बैठकबाट निर्वाचन अगाडिको गठबन्धनका सन्दर्भमा पारित नीतिलाई महामन्त्री थापाले प्रतिवेदनमा स्मरण गरेका छन् ।

आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्ने महामन्त्री थापाले जनाएका छन् । आफ्ना मतदातालाई हाम्रो चुनाव चिह्न ‘रुख’मा मात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने दाबी उनले गरेका छन् ।

“चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्ने, जसरी पनि जित्ने होइन, सही बाटो हिँडेर जित्ने नीति नेपाली कांग्रेसको गौरवशाली सुदूर विगत हो । त्यही नै भविष्यको संकल्प पनि हो । त्यो बाटो कठिन छ भने पनि नेपाली कांग्रेस पार्टीले सजिलो सम्झौता होइन, सही विकल्प रोज्नेछ । अब कांग्रेसले सत्ता र लेनदेनको राजनीति त्यागेर आदर्श, सिद्धान्त, मूल्यमा आधारित राजनीति गर्नेछ,” महामन्त्री थापाले भनेका छन् । 

नेपाली कांग्रेसले कुनै पनि निर्णय गर्दा तत्काल कुनै अप्ठ्यारा र चुनौती आए पनि वा पार्टीले क्षति नै बेहोर्नु परे पनि लोकतान्त्रिक मूल्य–मान्यता राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता नगर्ने उनले जनाएका छन् । 

नेपाली कांग्रेसले आफ्नो मूल्य मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको उनले बताएका छन् । तर, पछिल्लो समय जसरी नेपाली कांग्रेस उद्देश्यविहीन सत्ता र शक्तिकेन्द्रित राजनीतिमा रुमलियो, त्यसले नेपाली कांग्रेस हुनुको सान्दर्भिकतामाथि नै गम्भीर प्रश्न उठ्ने परिस्थिति सिर्जना गरेको उनले जनाएका छन् ।

“पार्टीका आदर्श, सिद्धान्त तथा मूल्यको राजनीतिलाई तिलाञ्जली दिएर केवल सत्ता प्राप्ति र शक्तिको स्वार्थमा केन्द्रित गर्ने, सत्तालाई नै एकमात्र लक्ष्य ठान्ने र चुनाव जित्नु नै पार्टीको अन्तिम विजय ठान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई पूर्णतः अस्वीकार गर्दछौँ,” महामन्त्री थापाको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन विजय हासिल गर्ने प्रयोजनको लागि वा पराजित हुने त्रासले जोसँग जहाँ र जहिले पनि गठबन्धन वा सहकार्य गर्ने र अर्को पार्टीलाई मत माग्ने प्रवृत्तिको अन्त्य र खारेज गर्ने उद्घोष महामन्त्री थापाको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक