Logo

मंगलवार, भाद्र ९ गते २०८३

कांग्रेसले थाल्यो चुनावी घोषणापत्र निर्माण

कांग्रेसले थाल्यो चुनावी घोषणापत्र निर्माण


कांग्रेसले थाल्यो चुनावी घोषणापत्र निर्माण
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र विज्ञको परामर्शमा चुनावी घोषणापत्रको मस्यौदा तयार गर्दै छ । घोषणापत्रमा परिवर्तनको संवाहक शक्तिका रूपमा कांग्रेसलाई प्रस्तुत गर्ने तयारी छ ।

पार्टी सभापति गगन थापा आइतबार (माघ ११) आफूले उमेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ तर्फ लागेका छन् । उनी सर्लाहीबाट फर्किएपछि घोषणापत्रको मस्यौदालाई टुंग्याउने गरी काम अघि बढाइने थापाका विज्ञ सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

थापा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रारम्भिक छलफल गरेर काठमाडौं फर्कनेछन् । उनी काठमाडौं–४ छाडेर त्यहाँबाट उमेदवार बनेका हुन् । थापाले सर्लाही–४ का मतदाताको पनि सुझाव ग्रहण गर्ने उनको टिमले जनाएको छ ।निर्वाचन क्षेत्रको भ्रमणपछि उनी यही माघ १६ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक