Logo

बुधवार, भाद्र १० गते २०८३

गैरसांसद मन्त्री नबनाउने,मन्त्रालयहरूको संख्या घटाउने पक्षमा बालेन साह

गैरसांसद मन्त्री नबनाउने,मन्त्रालयहरूको संख्या घटाउने पक्षमा बालेन साह


गैरसांसद मन्त्री नबनाउने,मन्त्रालयहरूको संख्या घटाउने पक्षमा बालेन साह

काठमाडौं ।

रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् । सरकारको स्वरूप र आकारबारे टीममा छलफल भइरहेको स्रोतले बतायो ।रास्वपाले आमनिर्वाचनमार्फत स्पष्ट बहुमत ल्याइसकेको छ । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सांसदको सुदृढ समर्थनमा बालेन प्रधानमन्त्री बन्ने छन् । थप दुई सांसदले रास्वपा सरकारलाई समर्थन गरेमा दुई तिहाइ बहुमत नै पुग्छ । यस अर्थमा बालेन नेपालको संसदीय इतिहासमै शक्तिशालीमध्येका प्रधानमन्त्री बन्नेछन् ।

समानुपातिकतर्फ संख्या यकिन भइसके पनि क-कसलाई पठाउने भन्ने टुंगिसकेको छैन । निर्वाचन आयोगले संख्या दिएपछि रास्वपाले सो अनुसार संख्या टुंग्याइने छ र त्यसपछि पार्टीको बैठक बसेर सरकार गठनबारे औपचारिक छलफल हुने छ । त्यसअघि बालेन आफूनिकट समूहसँग आन्तरिक गृहकार्य गरिरहेका छन् ।
बालेनले संसदभन्दा बाहिरबाट विज्ञहरू छानेर मन्त्री बनाउने व्यापक हल्ला गरिए पनि त्यस्तो सम्भावना नरहेको स्रोतले बतायो । रास्वपाको वाचापत्रमा पनि गैरसांसदलाई मन्त्री बनाउने एजेन्डा समावेश छ । तर, अहिलेको संवैधानिक प्रावधानमा परिमार्जन नगरिकन त्यो सम्भव नहुने निष्कर्षमा बालेनको टीम पुगिसकेको छ ।

संविधानतः गैरसांसद पनि मन्त्री बन्न सक्छन्, तर ६ महिनाभित्र उनीहरु सांसद मनोनीत हुनैपर्छ । अन्यथा स्वतः पदमुक्त हुन्छन् । ६ महिनामा सांसद बनाउन सक्ने अवस्था नरहेको र तत्काल संविधान संशोधन पनि सम्भव नदेखिएको हुँदा बालेनले त्यो सोच नै नलिएको स्रोतको भनाइ छ ।

‘उहाँले गैरसांसदलाई मन्त्री बनाउन लागेको भन्ने हल्ला भ्रमपूर्ण हो, सांसदहरूमध्येबाटै क्षमता र विज्ञता हेरेर मन्त्रीको नाम छनोट गर्नुहुने छ,स्रोतले भन्यो ।

स्रोतका अनुसार बालेनले मन्त्रालयको संख्या भने घटाउन चाहेका छन् । यसका लागि संविधान संशोधन गरिराख्नु पर्दैन । संविधानतः एउटा सरकारमा अधिकतम २५ जना मन्त्रीहरू रहन सक्छन् । मन्त्रालयको संख्या भने अहिले २२ वटा छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र