यो मुम्बई अन्डरवर्ल्डको दुनियाँ हो। अब्बाजी यो दुनियाँका बादशाह हुन् भने मकबूल उनका मुख्य मान्छे।
अब्बाजीप्रति इमानदार हुँदाहुँदै पनि मकबूल र अब्बाजीकी पत्नी निम्मी (तब्बू)प्रेममा परेका छन्। मकबूलको स्वभावदेखि वरपरकालाई उनी अब्बाजीलाई मारेर डन बन्छन् कि भन्ने शंका छ।
निम्मी पनि यही चाहन्छिन्— मकबूलले अब्बाजीलाई मारून् र उनीहरूको प्रेममा कुनै अवरोध नआओस्।
प्रेमिकाले नै उक्साएका मकबूलले कस्तो निर्णय गर्लान् भन्ने जान्न फिल्म हेर्नुपर्छ।
आज गुड फ्राइडे सिनेमामा हामीले सिफारिस गरेको फिल्म हो निर्देशक विशाल भारद्वाजको "मकबूल"।
इरफान खान, नसिरूद्दीन शाह, ओम पुरी, पंकज कपुर, पियूष मिश्राजस्ता कलाकारले भरिएको "मकबूल" का चरित्र बलिया छन्।
विशाल भारद्वाजले शेक्सपियरको नाटकबाट प्रेरित शृंखलाबद्ध रूपमा तीन फिल्म बनाएका थिए— मकबूल, ओमकारा र हैदर।
यीमध्ये मकबूल म्याकबेथु, ओमकारा ,ओथेलो र हैदर हेम्लेट मा आधारित थिए। विशाल भारद्वाजको प्रस्तुति र कलाकारको शानदार अभिनयले "मकबूल" विशेष फिल्म बन्यो।
फिल्म युट्युबमा छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ