१८ चैत, काठमाडौँ ।
प्रतिनिधि सभाको सभामुख आइतबार चयन गरिने भएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका छन् ।
संसद् बैठक प्रारम्भ भएकै दिन सभामुख चयन निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री कविन्द्र बुर्लाकोटीले जनकारी दिए ।
रास्वपाका एक पदाधिकारीका अनुसार सभामुखमा उक्त पार्टीका उपसभापति डोल प्रसाद (डीपी)अर्यालको नाम करिब करिब टुङ्गो लागिसकेको छ । राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका र संवैधानिक प्रक्रिया बुझेको अनुभवी व्यक्ति भएकाले अर्यालको विकल्प नभएको ती पदाधिकारीले तर्क गरे ।
‘राज्यको प्रमुख तीन अङ्गमध्ये व्यवस्थापिका संसदको सभामुख प्रमुख पद हो । त्यस पदका लागि डीपीजी नै उपयुक्त पात्र हुनुहुन्छ । उहाँ गृहमन्त्रीका लागि दाबेदार हुनुन्थ्यो’, ती पदाधिकारीले भने, ‘सभामुख बन्न उहाँ सकारात्मक नै हुनुहुन्छ । राजनीतिक अनुभव, समन्वयकारी भूमिका खेल्न सक्ने व्यक्ति भएकाले उहाँको विकल्प पार्टीले सोचेको छैन ।’
अर्याल दुई पटक सरकारको श्रम तथा रोजगारमन्त्री बनिसकेका छन् । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेल जाँदा उनले कार्यवाहक सभापति बनेर पार्टी हाँकेका थिए ।
गत पुसको पहिलो हप्ता रिहा भएका रविले प्रतिकूल अवस्थामा पनि पार्टीलाई क्षति हुनबाट जोगाएकोमा अर्यालको प्रशंसा गरेका थिए । रविको जोडबल अर्याललाई गृहमन्त्री बनाएर पार्टीको कार्यकारी भूमिकामा सक्रिय बनाउने चाहना भए पनि वरिष्ठ नेता बालेन र रविबिच यसबारे कुरा नमिल्दा सुधन गुरुङलाई गृहमन्त्री बनाइएको हो । यससँगै अर्याललाई सभामुख बनाउने पार्टीको तयारी छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक