Logo

मंगलवार, भाद्र ९ गते २०८३

हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई भने पोखराको जग्गा बारे प्रष्ट्याइदिनू

हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई भने पोखराको जग्गा बारे प्रष्ट्याइदिनू


हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई भने पोखराको जग्गा बारे प्रष्ट्याइदिनू


२३ चैत, काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका छन् ।फेवातालको २० रोपनी जग्गामा नाम मुछिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री गुरूङलाई जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका हुन् । ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस्,’ अध्यक्ष साम्पाङले भनेको छन्, ‘नैतिकताको सवाल खडा भयो ।’
उनले फेवातालको जग्गाबारे उठेको सवालको जवाफ नदिए जनताले कुरा काट्ने र प्रहरीले पनि गृहमन्त्रीलाई टेर्न छाड्ने उल्लेख गरेका छन् । ‘अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्,’ साम्पाङले लेखेका छन्, ‘तपाईंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् ।’

काम गर्ने मान्छेको खुट्टा तातिने र काम गर्ने क्रममा अपजस पाइने स्मरण गर्दै उनले पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको खबरले सामाजिक सञ्जाल तात्दा नमज्जा लागेको बताएका छन् ।
अध्यक्ष साम्पाङले आफूले सदनमा उठाएको जेनजी आन्दोलन र सहकारी ठगी प्रकरण मुद्दा नभुल्न पनि गृहमन्त्री गुरूङलाई आग्रह गरेका छन् । ‘अझै अघि बढ्नुहोस् शुभकामना छ,’ उनले लेखेका छन्, ‘तर, मैले सदनमा उठाएका दुईटा मुद्दा नबिर्सनु होला । एक, जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारबाही । दुई, जीबी राईलाई पक्रेर रवि दाइलाई न्याय दिने ।’

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक