Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली र लेखक आज रिहा नहुने

ओली र लेखक आज रिहा नहुने


ओली र लेखक आज रिहा नहुने


२७ चैत, काठमाडौं ।

    केपी शर्मा ओली र रमेश लेखक आज रिहा नहुने भएका छन् ।  चैत २३ मा सर्वोच्च अदालतले चौंथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परामादेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधबारसम्म मात्रै थियो ।
    सरकारी वकिल कार्यालयको रायअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दुवैलाई आज रिहा नगर्ने निर्णय गरेको हो । प्रहरीका एक उच्च अधिकृतले उनीहरूलाई आज रिहा नगरिने जानकारी दिए । ओली र लेखक कम्तीमा आजको रात हिरासतमा बस्नेछन् ।
     सर्वोच्च अदालतका न्यायाधिशद्ववय बिनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । सर्वोच्चले चैत २१ गतेबाट लागु हुनेगरी काठमाडौं जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको ५ दिनमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसके तत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरेर हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।
    मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । दुवै जना चैत १४ मा पक्राउ परेका हुन् ।
          

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक