२ वैशाख, काठमाडौं ।
नेपाली कांग्रेस भित्रको आन्तरिक द्वन्द्व अनुशासनको कारबाही र नेतृत्वको वैधतामाथिको ठाडो टकराबमा रूपान्तरण हुँदै पार्टी विभाजनतर्फ लागेको छ ।
एकातिर केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग सात दिने स्पष्टीकरण सोधेको छ भने अर्कोतिर खड्काले अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका छन् ।
केन्द्रीय अनुशासन समितिले बुधबार निवर्तमान कार्यवाहक सभापति खड्कालाई पार्टीको नक्कली ‘लेटरप्याड’ बनाएर अवैध प्रेस विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।तर, नेता खड्काले अनुशासन समितिको निर्णयलाई ‘हास्यास्पद, निरर्थक र अर्थहीन’ को संज्ञा दिँदै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै अवैधानिक भनेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक