Logo

मंगलवार, भाद्र ९ गते २०८३

आधिकारिकता विवादमा बहस गर्न इजलासमा पुगे कांग्रेस उपसभापतिद्वय शर्मा र भुसाल

आधिकारिकता विवादमा बहस गर्न इजलासमा पुगे कांग्रेस उपसभापतिद्वय शर्मा र भुसाल


आधिकारिकता विवादमा बहस गर्न इजलासमा पुगे कांग्रेस उपसभापतिद्वय शर्मा र भुसाल


४ वैशाख, काठमाडौं । 

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारे परेको रिटमा सर्वोच्च अदालतमा बिहीबारदेखि सर्वोच्च अदालतमा बहस भइरहेको छ । बिहीबारबाट भइरहेको बहसमा आज विपक्षीको बहस गर्ने पालो छ ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । 
आफूहरू विरुद्ध परेको रिटमा बहस गर्न कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वोच्च अदालतमा पुगेका हुन् ।  अहिले सर्वोच्च अदालतमा ‘टी ब्रेक’ भइरहेको छ । त्यसपछि शर्मा र भुसालले बहस गर्ने अदालतले जानकारी दिइरहेको छ । 
गत माघ ४ गते परेको रिटमा बिहीबारबाट बहस सुरु भएको हो । हिजो रिट निवेदक पक्षका अधिवक्ता र सरकारी वकिलले बहस गरेका थिए । देउवा र खड्काले विशेष महाधिवेशनबाट आएको समिति र निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए । हिजो आयोगका तर्फबाट सरकारी वकिलले बहस गरेका हुन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएकाले उसलाई पनि रिट निवेदनमा विपक्षी बनाइएको थियो । 

विपक्षी तर्फका अधिवक्ताहरूले बहस सकेपछि इजलासले रिट निवेदक रहेका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट जवाफकालागि इजलासले एक घण्टाको समय छुट्टाएको छ ।

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक