नेपाली कांग्रेसको नेतृत्व पुस्तान्तरणको विषयलाई लिएर ८ महिनादेखि चर्किरहेको आन्तरिक विवाद शुक्रबार राति सर्वोच्च अदालतले कानुनी रूपमै टुंगो लगाइदिएको छ ।
यसले पार्टी भित्र नेतृत्व परिवर्तनका लागि गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले उठाएको जोखिमको पनि अब वैधानिक अनुमोदन भएको छ ।
जेनजी आन्दोलनपछि शेरबहादुर देउवाको नेतृत्वमाथि व्यापक प्रश्न उठेपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले पार्टीभित्र विद्रोहको सुरुवात गरेका थिए । उनीहरूले नेतृत्व परिवर्तनको माग गरेका थिए ।
त्यसका लागि विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको माग थियो । तर उनीहरूको माग तत्कालीन नेतृत्वले स्वीकारेन । त्यसपछि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गर्नसक्ने विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरे । तर, विशेष महाधिवेशनलाई टार्ने कोशिस तत्कालीन संस्थापन पक्षले गरेपछि गगन र विश्वहरू त्यसविरुद्ध उभिएका थिए ।
भृकुटीमण्डपमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू उपस्थित गराएर पार्टीको नेतृत्व पनि बदले र नीति पनि परिवर्तन गर्ने फैसला गरे । उनीहरूको उक्त कदमलाई निर्वाचन आयोगले समेत वैधानिकता दिएको थियो ।
तर, आयोगको निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू सर्वोच्च अदालत गए । यो बीचमा फागुन २१ मा भएको चुनावमा चाहिँ विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वकै हस्ताक्षरबाट टिकट लिएर देउवा समूहका नेताहरू पनि चुनावी प्रतिस्पर्धामा उत्रिए । यता कानुनी प्रश्न पनि उनीहरूले उठारहेका थिए ।
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिनका लागि मुख्य रूपमा चार प्रमुख आधारहरु:-
१) पुरानो कार्यसमितिको पदावधि सकिनु केवल प्राविधिक विषय थिएन । त्यो नेतृत्वको वैधता नै समाप्त भएको अवस्था थियो । जब नेतृत्वको वैधानिक समयसीमा समाप्त हुन्छ, त्यसपछि त्यसले लिने निर्णयहरू स्वतः प्रश्नको घेरामा पर्छन् । यही आधारले विशेष महाधिवेशनको औचित्यलाई बलियो बनाएको सर्वोच्चको आदेशमा देखिन्छ ।
२) नियमित महाधिवेशन गर्न नसक्नु नेतृत्वको अक्षमता वा इच्छाशक्तिको कमीको रूपमा पनि अदालतले औंल्याएको छ ।
लोकतान्त्रिक पार्टीमा समयमै नेतृत्व हस्तान्तरण नहुनु केवल व्यवस्थापनको कमजोरी होइन,त्यो लोकतान्त्रिक मूल्यमाथिको प्रहार हो भन्ने मान्यता पनि अदालतले स्थापित गरेको छ ।
यस्तो अवस्थामा विशेष महाधिवेशनको माग केवल विकल्प नभई बाध्यता बनेको हो भन्ने खालको आशय पनि अदालतको फैसलामा छ ।
३) देउवा समूहले उठाएको कानुनी प्रश्न आफैंमा कमजोर आधारमा उभिएको भन्ने पनि आदालतले देखाएको छ । किनकी विधानअनुसार विशेष महाधिवेशन माग भएकोले त्यसलाई सम्पन्न गर्ने अनिवार्य दायित्व रहेको उल्लेख गरेको छ ।
४) सबैभन्दा निर्णायक कुरा चाहिँ अदालतले विशेष महाधिवेशनबाट बनेको नेतृत्वले निर्वाचनमा भाग लिइसकेको र जनमतबाट स्वीकृति पाइसकेको तथ्यलाई पक्रेको छ ।
यसले लोकतन्त्रमा अन्तिम निर्णायक शक्ति जनतामा निहित हुन्छ भन्ने सिद्धान्तलाई सम्झाएको छ । त्यसैले यो आदेशले कांग्रेसको विवाद टुंग्याएसँगै भविष्यका लागि पनि नयाँ नजिर निर्माण गरेको छ ।
अदालतको आदेशपछि अब गगन थापाको नेतृत्व कानुनी रूपमा स्थापित भइसकेकोले पार्टी भित्रका सबै संकटको पार लगाउने जिम्मेवारी उनको काँध आएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक