Logo

मंगलवार, भाद्र ९ गते २०८३

विद्या भण्डारीले पाइन एमालेको पार्टी सदस्यता

विद्या भण्डारीले पाइन एमालेको पार्टी सदस्यता


विद्या भण्डारीले पाइन एमालेको पार्टी सदस्यता


 ४ जेठ, काठमाडौं ।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सोमबार बसेको पार्टी सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन्।

राष्ट्रपति, नेपाली सेनाको परामाधिपतिसमेत भइसकेको व्यक्तिलाई सदस्यता दिन नहुने तर्क निकाल्दै एमालेको गत साउन ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकले भण्डारीको नवीकरण भइसकेको सदस्यतासमेत खारेज गरेको थियो। उनले दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरिसकेकी थिइन्। नियमित लेबीसमेत तिर्दै आएकी थिइन्।
तर आफूसँग नेतृत्वमा प्रतिस्पर्धा गर्न आउने भय पालेका अध्यक्ष ओलीले उनको सदस्यता रोकेका थिए।पार्टीभित्र शक्ति सन्तुलन फेरिँदै जाँदा भण्डारीले पुनः सदस्यता प्राप्त गरेकी हुन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक