१५ जेठ, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै यो व्यवस्था राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो।”
राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक राजनीतिक व्यवस्था मात्र नभएर आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको स्पष्ट पारे। गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन सबैले राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ थियो।
“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,” राष्ट्रपति पौडेलले थपे, “आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस्।”
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक