Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन

हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन


हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन

७ असार, काठमाडौं ।


चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायरस्थित मेडस्टार अस्पतालमा उनले अन्तिम सास लिए ।

उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट फ्यांकलिन अस्पतालमा रिफर गरिएको थियो ।
उनीसँग थुप्रै सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले पनि शर्माको निधनको पुष्टि गरेका छन् । उनले फेसबुकमा असल साथी गुमाएको उल्लेख गरेका छन् ।लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् । ‘चतुरेको दाउपेच’ उनको चर्चित सिरियल हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ