Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

कांग्रेस उपसभापति पुष्पा भुसाल र सचेतक निस्कल राईको उपस्थितिमा जनसम्पर्क समिति कोरियाको अधिवेशन हुने

कांग्रेस उपसभापति पुष्पा भुसाल र सचेतक निस्कल राईको उपस्थितिमा जनसम्पर्क समिति कोरियाको अधिवेशन हुने


कांग्रेस उपसभापति पुष्पा भुसाल र सचेतक निस्कल राईको उपस्थितिमा जनसम्पर्क समिति कोरियाको अधिवेशन हुने


११ असार, काठमाडौं ।

नेपाली कांग्रेसको प्रबाश  शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन आगामी जुलाई १२ मा  दक्षिण कोरियाको राजधानी  सौलमा हुने भएको छ। अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल र प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक निस्कल राई दक्षिण कोरिया जाने  भएका छन्।

Puspa Bhusal.PNG

अधिवेशनलाई सम्बोधन गर्दै उहाँहरूले दक्षिण कोरियामा रहेका नेपाली समुदायसँग भेटघाट, अन्तरक्रिया तथा समसामयिक विषयमा विचार आदान-प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ। समितिका सभापति भजिन्द्र क्षेत्रीका अनुसार अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ कोरियाका ८ वटै  क्षेत्रबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने  छ।

Niskal Rai.PNG

अधिवेशनमा प्रवासी नेपालीबीच नेपाली कांग्रेसको संगठन विस्तार, समसामयिक राजनीतिक मुद्दा तथा प्रवासी नेपालीका साझा सरोकारका विषयमा गहन छलफल हुने  छ। साथै, दक्षिण कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीहरूको हकहित, चुनौती र अवसरबारे पनि विशेष बहस हुने आयोजकले जनाएको छ। यस अधिवेशनले दक्षिण कोरियामा नेपाली कांग्रेसप्रति आबद्ध शुभेच्छुकहरूबीच एकता, सहकार्य र संगठनात्मक मजबुती थप सुदृढ बनाउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ