Logo

बिहिवार, आश्विन २९ गते २०८३

अ

परिवारका सदस्य र नातेदारलाई स्वकीय सचिव  नियुक्त गर्न नपाइने

परिवारका सदस्य र नातेदारलाई स्वकीय सचिव  नियुक्त गर्न नपाइने


परिवारका सदस्य र नातेदारलाई स्वकीय सचिव  नियुक्त गर्न नपाइने

८ साउन,  काठमाडौँ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव नियुक्तिमा मापदण्ड तोकेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले निर्देशन जारी गर्दै स्वकीय सचिव नियुक्तिमा मापदण्ड तोकेका हुन् । 

सरकारले संघीय संसद्का सदस्य -सांसदहरूले शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि रास्वपाले त्यसका लागि मापदण्ड तोकेको हो। 

राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको महासचिव आचार्यले बताएका छन् । 

स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरिनुपर्ने, एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई नियुक्त गर्न नपाइने, पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्नेलगायत मापदण्ड तय गरिएको निर्देशनमा उल्लेख छ । 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ