नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।
जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारी अरू स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् । आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ ।
३६ वर्षीय सामग्री निर्माता मेघनाद एसले पक्राउ परेकालाई सहयोग गर्न करिब १७० स्वयंसेवकको सञ्जाल बनाएका छन् । उनीहरूको समूहले प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गरी पक्राउ परेकालाई कहाँ लगिएको छ भन्ने जानकारी संकलन गर्छ । त्यसपछि ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट स्वयंसेवक चालक परिचालन गरी खाना, पानी, इन्धन तथा आवश्यक परे चिकित्सकीय सहायता उपलब्ध गराइन्छ ।
विद्यार्थी नेत्री नेहा बोराजस्तै देखिने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उनी चर्चामा आएकी छन् । २९ वर्षीया बोरा भने प्रहरीको घेराबाट उम्केर मध्य दिल्ली पुग्न सफल भएकी थिइन् । पछि उनले आफ्नो जस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोग मात्र भएको, रणनीति नभएको भन्दै व्यंग्य गरेकी थिइन् ।
केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा परेपछि बसको चालक बस्ने ठाउँ वा पछाडिको झ्यालबाट उम्कने प्रयास गरेका थिए । पहिचान लुकाउन कतिपयले ब्याटम्यानका मुखुन्डो समेत लगाएका छन् ।
बलिउड अभिनेत्री रीचा चढ्ढाले पनि प्रदर्शनकारीको सहमतिबिना तस्बिर खिचिने गरेको उल्लेख गर्दै अनुहार पहिचान गर्ने क्यामेराबाट बच्न मेकअप प्रयोग गर्न सुझाव दिएकी थिइन् ।
प्रहरीको कडा निगरानी र धरपकडबीच भारतीय युवा प्रदर्शनकारीले सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको सहायताले आन्दोलनलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् ।
रासस/एएफपी
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ