११ साउन, काठमाडौं ।
एमालेसँग भएको तीन बुँदे सहमतिप्रति असन्तुष्ट माधव नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड माधवलाई भेट्न उनकै निवास पुगेका थिए ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले गरेको तीन बुँदे सहमतिप्रति माधव नेपालले असन्तुष्टी जनाएका छन् ।
विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति छ । यसबारे आफू निकट नेताहरुसँग आइतबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव नेपालले छलफल गरेका थिए ।
‘हिजै प्रचण्ड कमरेडले भेट्न खोज्नुभएको हो । तर आज बिहान कोटेश्वरमै पुगेर उहाँहरूबीच कुराकानी भएको छ,’ नेपाल निकट स्रोतले भन्यो । छलफलका क्रममा प्रचण्डले सहमतिका क्रममा कमजोरी हुन पुगेको स्वीकारेको ती स्रोत बताउँछन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक