काठमाडौँ ,कामना।
प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पन्तलाई बुधबार पक्राउ गरेको हो । उनीमाथि ४८ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोप छ ।
सोही प्रकरणमा सीआईबीले एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई गत असार ३० गते नै पक्राउ गरेको छ । उनीमाथि सीआईबीले कर्जा दुरुपयोग गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ