Logo

मंगलवार, भाद्र ९ गते २०८३

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने

२१ साउन, कामना ।


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन्।

‘उहाँ साउन २६ गते बेलुकी स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी पाएको छु,’ महतले  भने। देउवा उपचारका लागि चुनावअघि सिंगापुर गएका थिए। त्यहाँबाट उनी थप उपचारका लागि हङकङ गएका थिए। देउवा हङकङबाट स्वदेश फर्कन लागेका हुन्।

यसअघि देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायलाई पत्र पठाउँदै आफू साउनभित्रै स्वदेश आउने जानकारी पनि गराएका थिए। देउवा दम्पतीमाथि गत वर्ष भदौ २४ गते निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक