Logo

मंगलवार, भाद्र ९ गते २०८३

किसुनजी आश्रममा पूर्णबहादुरको संकल्प-कांग्रेसको पूर्ण एकता आजको आवश्यकता

किसुनजी आश्रममा पूर्णबहादुरको संकल्प-कांग्रेसको पूर्ण एकता आजको आवश्यकता


किसुनजी आश्रममा पूर्णबहादुरको संकल्प-कांग्रेसको पूर्ण एकता आजको आवश्यकता

२४ साउन, कामना ।


नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको टोलीसहित ललितपुरको बाँडेगाउँस्थित सन्त नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका छन्। संस्थापक नेता भट्टराईको सादगी र निष्ठाको धरोहर मानिने उक्त आश्रम परिसर पुगेर खड्काले काङ्ग्रेसको पूर्ण एकताका लागि संकल्प व्यक्त गरेका हुन्।

आश्रम अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीको सम्पूर्ण एकताका लागि संकल्प गर्न आफू किसुनजीको आश्रममा आएको बताए। गत भदौ २४ गते देशव्यापी रूपमा उठेको ‘जेन-जी’ आन्दोलनका क्रममा अराजक समूहद्वारा बाँडेगाउँस्थित भट्टराईको आश्रममा आगजनी र तोडफोड गरिएको थियो। सो दुःखद घटनालगत्तै भौतिक क्षति अवलोकन गर्न पुगेका खड्का त्यसयता दोस्रोपटक बाँडेगाउँ पुगेका हुन्। आन्दोलनका क्रममा पुगेको क्षतिको पुनरावलोकन गर्दै उनले पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए।

खड्काको उक्त बाँडेगाउँ यात्रामा काङ्ग्रेसका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। टोलीमा केन्द्रीय नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेलका साथै कर्णाली प्रदेश सभापति ललितजंग शाहीलगायतका नेता-कार्यकर्ताहरूको सहभागिता थियो।विशेषगरी महाधिवेशन र आगामी राजनीतिक कार्यदिशालाई लिएर कांग्रेसभित्र आन्तरिक बहस तीव्र भइरहेका बेला पूर्वकार्यवाहक सभापति खड्काले भट्टराईको आश्रमलाई साक्षी राखेर दिएको ‘पार्टी एकता’को सन्देशलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक