Logo

मंगलवार, भाद्र ९ गते २०८३

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा रिहा

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा रिहा


नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मा हाजिर जमानीमा  रिहा

 

२४ साउन,कामना ।

सरकारी वकिलको कार्यालय ललितपुरले डा. शर्मालाई बिहीबार हाजिर जमानीमा राख्न आदेश दिएको हो। बिएन्डबीको आइभिएफ क्लिनिकबाट डा. शर्माले १७ वर्षीया किशोरीको डिम्ब निकाले आरोप छ। उनी पछिल्लो समय फिलिपिन्स गएकी थिइन्। त्यहाँबाट फर्किएपछि निवेदन दिएर उपस्थित भएकी थिइन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिइएको थियो। सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो। बयानमा डा. शर्माले इन्कारी बयान दिएको प्रहरी स्रोतले बतायो।


प्रहरीले यो घटनामा यसअघि एक जना महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको थियो। प्रहरीले साउन १ गते एक जना इमाडोल बसेर ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई नियन्त्रणमा लिएको थियो। 

उनैले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा आइभिएफमा पुर्‍याएर डिम्ब झिकेको आरोप थियो। डिम्ब झिकेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको अनुसन्धानमा खुलेको थियो। किशोरी बिरामी भएपछि यो घटना बाहिर आएको थियो। 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक