Logo

बुधवार, भाद्र १० गते २०८३

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति अनुसन्धान सुरु 

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति अनुसन्धान सुरु 


२५ साउन, कामना ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भानु देउवा र गंगा दाहालको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । भानु देउवा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र गंगा दाहाल पुष्पकमल दाहालका स्वकीय सचिव हुन् । भानु र दाहालविरुद्ध आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतले जनाएको छ । 

 आयोगले भानु देउवा र गंगा दाहालको सम्पत्ति अनुसन्धान सुरु गरेको छ ।स्रोतका अनुसार अनुसन्धानका लागि भानुसँग सम्पत्तिको विस्तृत अनुसन्धानका लागि फारम भराइसकिएको छ । यता दाहालसँगै उनका पति (कोशी प्रदेश सरकारका पूर्वमन्त्री) जीवन आचार्यको पनि सम्पत्ति अनुसन्धान भइरहेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान यसअघि नै सुरु गरिसकेको छ ।

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण