Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

खोलाले बगाएर बेपत्ता बालिकामध्ये एकजना मृत फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये एकजना मृत फेला


खोलाले बगाएर बेपत्ता बालिकामध्ये एकजना मृत फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ ।

निर्मल माविबाट पढेर फर्किने क्रमममा मंगलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकजनाको सकुशल उद्धार गरिएको थियो भने एकजना मृत फेला परेकी थिइन् । दुईजना बेपत्ता थिए ।

बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन् । उनको खोजी जारी छ । खोलाले बगाएका चार विद्यार्थीमध्ये मंगलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृत फेला परेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन् ।

रासस

कामना न्यूज

  • बुधवार, भाद्र ३ २०८३१०:२२:५९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ