उत्तम निरौला, काठमाडौं ।
श्रीमान-श्रीमती बीचको आत्मियता भनेको एउटै घरमा बस्नु मात्र होइन, एउटै मनमा बस्नु हो।आत्मियता आफैं बढ्दैन, त्यसलाई हरेक दिन सानो-सानो कुराले मलजल गर्नुपर्छ। यहाँ सम्बन्धलाई अझ गहिरो बनाउने ७ आधार निम्न छन:-
१) दिनको २० मिनेट बिना मोबाइलको संवाद
धेरैजसो दम्पती कुरा गर्छन्, तर संवाद गर्दैनन्।
घरको काम, बच्चा, पैसाको कुरा बाहेकको कुरा गर्नुहोस्। आज तिमीलाई के कुराले खुशी बनायो ?आज कुन कुराले दुःखी बनायो ? जस्ता दुई प्रश्नले नै मन खोल्छ। एकले बोल्दा अर्कोले सल्लाह नदिई, फोन नहेरी, पूरा सुन्ने।
२) सानो कुरामा ठूलो सम्मान
माया ठूला उपहारले होइन, सानो सम्मानले बढ्छ।
अभ्यास:- एक अर्काको अगाडि कहिल्यै होच्याएर नबोल्ने। अरुको अगाडि तारिफ गर्ने, एक्लै हुँदा गुनासो गर्ने।धन्यवाद र माफ ग यी दुई शब्द श्रीमान-श्रीमती बीच सबैभन्दा बढी चाहिने शब्द हुन्।
३) सँगै बिताउने Quality Time
सँगै हुनु र सँगै समय बिताउनु फरक कुरा हो।
हप्तामा एक पटक २ घण्टा मात्र भए पनि दुई जनाको लागि समय निकाल्नुहोस् - चिया पसलमा चिया, साँझको पैदल यात्रा, भान्सामा सँगै खाना पकाउने। यसलाई डेट जस्तै लिनुहोस्, बाध्यता जस्तो होइन।
४) शारीरिक स्पर्शलाई बानी बनाउने
आत्मियता यौनबाट मात्र आउँदैन, तर स्पर्शबाट यौनसम्मको बाटो खुल्छ।
दिनभरमा कम्तीमा ३ पटक गैर-यौन स्पर्श -बिहान निस्कँदा अँगालो, कपालमा हात, हात समातेर हिँड्ने। जब स्पर्श सुरक्षित लाग्छ, तब मन आफैं नजिक आउँछ।
५) एक अर्काको Love Language बुझ्ने
कसैलाई माया शब्दले लाग्छ, कसैलाई कामले। तपाईंको जीवनसाथीलाई के ले माया महसुस हुन्छ? तारिफ, सहयोग, उपहार, समय, कि स्पर्श ? आफूलाई मनपर्ने तरिकाले होइन, उसलाई मनपर्ने तरिकाले माया दिन सिक्नुहोस्।
६) झगडामा जित्ने होइन, सम्बन्ध जित्ने
हरेक दम्पतीको झगडा हुन्छ। आत्मिय दम्पती झगडालाई कसरी टुंग्याउने भनेर जान्दछन्।
नियम:-रिसमा पुराना कुरा नकोट्याउने,तिमी सधैं यस्तै गर्छौू भन्ने शब्द प्रयोग नगर्ने, र रिस शान्त भएपछि त्यो बेला मैले यस्तो महसुस गरे भनेर भन्ने। राति सुत्नु अघि दिनको रिसलाई सकाउनुहोस्।
७) सँगै हाँस्ने सँगै रुने
जुन जोडी सँगै हाँस्न सक्छ, त्यो जोडी लामो समय टिक्छ। भित्रभित्रै गुनासो पालेर नराख्नुहोस्। एउटा साझा लक्ष्य बनाउनुहोस् । घुम्न जाने योजना, केही नयाँ सिक्ने, वा आध्यात्मिक अभ्यास। आत्मियताको सबैभन्दा ठूलो गोप्य कुरा के हो भने - तपाईंको श्रीमान वा श्रीमतीलाई संसारमा सबैभन्दा बढी बुझ्ने र सुरक्षित महसुस गराउने मान्छे तपाई हो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक