Logo

शनिवार, भाद्र १३ गते २०८३

अस्पतालमा पाँच वर्षीया इशारा - आफू जालीमा अड्किएर बाँचिन्, आमालाई बगायो

अस्पतालमा पाँच वर्षीया इशारा - आफू जालीमा अड्किएर बाँचिन्, आमालाई बगायो



१२ भदौ, कामना ।

त्रिवि शिक्षण अस्पतालको पेडियाट्रिक सर्जरी वार्डमा पाँच वर्षीया बालिका उपचाररत छिन् ।शय्यामा आँखा बन्द गरेर पल्टिरहेकी ती बालिकाको घाँटीमा सपोर्टका लागि नरम पट्टीरकोलर र उपचारमा प्रयोग हुने उपकरण लगाइएको छ भने बायाँ हातमा क्यानुला छ । अनुहारमा निलडाम देखिन्छन् ।
बाढीको त्रास अझै उनको मनबाट हटिसकेको छैन । कुनै बेला आँखा खोल्छिन्, वरिपरि हेर्छिन्, अनि फेरि चुपचाप हुन्छिन् ।उनको छेउमा आफ्ना मान्छे कोही छैनन् । न आमा छन्, न बुवा । औषधि खुवाउने, खाना दिने, लुगा मिलाइदिने र अवस्था सोध्नेहरू सबै अस्पतालका स्वास्थ्यकर्मी छन् ।
उनी हुन्, रसुवाको खाल्टेबाट बाढीमा परेर उद्धार गरिएकी पाँच वर्षीया इशारा तामाङ । जालमा अल्झिएको अवस्थामा बाढीको भेलबाट उद्धार गरिएकी इशारा अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।सुरुमा उनलाई बुधबार आकस्मिक कक्षको रेड जोनमा ल्याइएको थियो । अहिले पेडियाट्रिक सर्जरी वार्डमा राखेर उपचार भइरहेको छ ।

बाढी भन्ने शब्दसमेत राम्ररी बुझ्ने उमेर भइसकेको थिएन, इशाराको । पाँच वर्षको कलिलो उमेरमा उनले बाढीको यस्तो पीडा भोग्नुपर्‍यो, जुन सम्झँदा आङ नै सिरिङ्ग हुन्छ ।

आमाको हात छुट्यो, आफू भेलमा परिन् र जालीमा अड्किएर बाँचिन् । अहिले शरीरका चोटको उपचार भइरहेको छ, तर उनको मनमा लागेको चोटको औषधि कहाँ छ  आमा कहाँ छिन् रु बुवा कहाँ छन्  र, आफूलाई लिन आफ्ना मान्छे कहिले आउँछन्, इशारालाई केही थाहा छैन ।

आँखा खोल्ने बित्तिकै भनिन्, ‘इशारा तामाङ’

उद्धारपछि अस्पताल ल्याउँदा इशाराको अवस्था सामान्य थिएन । बाढीको त्रासले अहिले पनि मानसिक रूपमा निकै प्रभावित छिन् ।

उनको उपचारमा खटिइरहेका डा। विवेक गुरुङले अनलाइनखबरलाई बताएअनुसार इशारा अझै पूर्ण होसमा आइसकेकी छैनन् । तर आँखा खोल्ने बित्तिकै उनले आफ्नो नाम भने बताइन्– इशारा तामाङ ।

त्यही नामबाट उनको पहिचान खुल्यो ।

विस्तारै उनले आफू रसुवाकी भएको, आमासँगै रहेको र बाढी आएको क्षणबारे केही कुरा बताउन थालिन् । पाँच वर्षीया बालिकाले आफ्नो बालसुलभ भाषामा सुनाएको घटनाले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि भावुक बनाएको छ ।

उनको भनाइअनुसार बाढी आउँदा इशारा आमासँगै थिइन् । अचानक आएको भेलले आमालाई बगाएर लग्यो । आफू पनि बाढीको बहावमा परिन् । तर हातको सहारा लिएर अगाडि बढेकी उनी अन्ततस् जालमा अल्झिइन् र त्यही अवस्थामा उद्धार भइन् ।

‘ममीलाई बगायो । म हाम फालेर अघि बढ्दा जालीमा अड्किएँ,’ उनले होसमा आएपछि दिएको जानकारी यत्ति हो ।ती शब्दमा पाँच वर्षीया बालिकाले भोगेको विपत्तिको पूरा कथा अटेको छ । यही आधारमा चिकित्सकले इशाराको फाइल तयार गरे ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • गाईजात्रा पर्व के हो ? इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व

    -ख्यामकान्त अर्याल  इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त