छलिया कृष्णा’-कुलुङ
हजुर, म हुँ हिजो (जनयुद्ध) का दिनमा ‘प्रचण्ड’ भनी चिनिने मुन्चे ! आजभोलि चाहिँ ‘प्रचण्ड’भन्दा पनि ‘पुष्पकमल दहाल’ भनेर चिनिन्छु । मेरा कारणले आजभोलि ‘बाहुन बा होइनन्’हरु सत्ताको कुर्चीबाट बे– दखल भका’छौं । हामीलाई धेरैअगि तीन फुक्का पनि भन्थे । कारण ‘बा-हुन बा होइनन्’हरु ऊ बेलामा सत्ताको कुर्चीमा नभए तापनि मन्त्र फुक्ने, कान फुक्ने र ढुङ्रो फुक्ने काम हामी (‘बा-हुन बा होइनन्’हरु) गथ्यौं । त्यो पनि पूर्वीया (उपाध्याय) र कुमाईहरुले । अहिले हामी सत्ताको कुर्चीबाट बे–दखल भएपछि हाम्रो ‘हरि–विजोग’ भएको छ । फलतः अस्ति भर्खरसम्म सत्तामा हुँदाका बाहुन बा होइनन् अर्थात् तीन फुक्काहरुका आशिर्वचन (खासमा गालि )खाँदाखाँदा मेरो भुँडी जाँडका घेम्पोभन्दा नि ठूलो र गोलाकार भएको छ ।
आगे कामनाका आदरणीय पाठक महानुभावहरुमा वर्ष दिनमा आउने र, अघिदेखि मनाउँदै आएको ‘गाई जात्रा’का अवसरमा मेराबारे जनसाधारणमा बनेका धारणा खास गरी विगतमा जनुयुद्धका नाममा मैले गरेका नानाथरिका उटपटयाङहरुका सम्बन्धमा स्वीकारोक्ति लेख्दैछु, आफै । यस लेखमा मेरो नाम ‘प्रचन्ने’ मात्रै रहने छ । अर्थात् यो लेखमा ‘प्रचन्ने’ भनी चिनाईने छ । भनाइको मतलब अपवादबाहेक यो लेखभरि नै म ‘प्रचन्ने’ भनेर चिनिने छु ।
मैले जनयुद्ध नामक ‘भस्मा–सुरे’ कार्य गर्दाताका नेपालका ठूला दुई राजनीतिक दल (एमाले र नेका) का नेताहरुले मलाई अनि विभिन्न देशका नेताका साथै संघ–संस्थालाई आरोप लगाउने गर्थे, मिलेर बसेको नेपालीलाई तिमीहरुले भाँड्यौ भनेर । अझ मलाई त नेपालका केही ‘बाहुन बा होइन ले ‘प्रचन्ने’ भन्ने मुन्चे छैनन्, तिनका नक्कली नाममा ‘माइलो’ले नै ... गरेका हुन् ? सम्म भन्ने गर्थे । त्यसैले विसं २०५६/०५७ तिर अब त भएन भनेर ‘ब्ल्याक एन्ड ह्वाईट’ पासपोर्ट साईजको मेरो फोटा पत्रपत्रिकामा छाप्न–छपाउन थालियो । खासमा त्यसका पनि दुई प्रमुख कारण रहेका थिए, एक ‘माओको नाममा मैले नेतृत्व गरेको नेकपा (माओवादी) पार्टीले जनुयद्ध सुरु गरिएको थियो । तर, मभन्दा बाबुरामे चर्चित हुँदै जानु, दुई मेरो नाममा ‘माइलो’ले नै... गरेको भन्ने नेपालका कुना कन्दरासम्मका साधारण जनमानसमा फैलिन थालेको हल्लालाई चिर्नु ।
त्यो वेलामा नेपालका केही नेताहरुले आरोप लगाउने गरेका एक व्यक्ति म र अरुहरु चाहिँ अम्रिकाने, युरोपियन युनियने, नोर्डिके, अष्ट्रेलियने लगायतका देशका फिरिङ्गीहरु रहेका थिए । हुनत ऊ वेलामा मबाहेक नेकपा (माओवादी) मा मुख्य नेतृत्वमा अरु पनि रहेका थिए । उदाहरणका लागि केही नामहरु लिनु पर्दाखेरि बाबुरामे भटराई, किरणे वैद्य, रामे बादल, हिसीमया येँमी, विद्युतमया (पम्फीमया भुषाल)आदि रहेका थिए । त्यसमा मेरो अर्थात् प्रचन्ने नामक ‘भस्मासुर’को प्रमुख भूमिका रहेको थियो, नेपाल देश र नेपाली जनतालाई बिगार्न भाँड्नका लागि । यो कुरो नेपालका ‘गोबर–गणेशसरहका आम जनता अर्थात् जीवनमा कहिल्यै स्कूलको ढोका नदेखेका र क, ख, नपढेका अनि ए, बी, सी, डीसमेत नचिनेका भूईँ तह जनजनलाई था’थियो । बरा–विचरा ऊ वेलाका निर्दोष–जनका आत्मामध्ये कतिपयले अहिलेसम्म बिर्सेका छैनन्, जनयुद्धका नाममा ऊ वेला हामीले गरेका अनावश्यक मार–मुङ्ग्री, विपक्षीको सफाया र निर्दोष जनतामाथि गरेका मारकाटका घटनाहरु ।
घटना क्रम कस्तोसम्म थियो भने, हामीले सुरुका दिन विसं २०५२० मा जनुयुद्ध नामक ‘भस्मासुरे कार्जे !’ सुरु गर्दाखेरि नेपाल कम्युनिस्ट पार्टी माओवादी का नाममा वर्गीय नारा मात्रै दिएका थियौं । असली कम्युस्टिको धर्म पनि त्यही नै हो । तर, त्यसरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नाममा वर्गीय नारा मात्रै दिएर सुरु गरिएको जनयुद्धले विसं २०५६/०५७ मा आई पुग्दासम्म पूर्वमा काभ्रे, सिन्धुली, र रामेछापका केही ठाउँमा र पश्चिममा रुकुम र रोल्पा अनि सल्यानका केही भागबाहेक अन्यत्र फैलिन नसकेपछि जातजाति, भाषाभाषी, धार्मिक समूह, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र आदिको नाममा जनयुद्धलाई ३८० डिग्रीमा फन्काईएयो, घुमाईयो । नढाँटीकन भन्दा त्यो वेलामा नेकपा (माओवादी) मा ‘प्रचन्ने’ दहाल, बाबुरामे भटराई, किरणे (मोहन वैद्य पोखरेल), रामे बादल थापामगर, हिसीमया येँमी नेवार, विद्युतमया (पम्फी भुषाल बाहुनी) लगायत अत्यधिक बहुमत ‘बाहुन बा होइनन् ! हरु नै थियौं । संजोगले रामे बादल एक जना चैँ जनजाति थिए भने हिसीमया येँमी चाहिँ नेवार रहेकी थिईन । त्यस्तो संयोग मिल्नुमा पनि ऊ वेलाको समयमा रामे बादल विद्युयतमयाकी बोईफे्रन्ड ! हुनु र हिसीमया येँमी बाबुरामेका ‘भार्या’ (गृहमन्त्री) हुनु प्रमुख कारण रहेको थियो । अन्यथा ऊ वेलाका ठूला दुई ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेसमा जस्तै नेकपा (माओवादी) को उच्च तहमा पनि ‘बाहुन बा होइनन् !’ हरुकै एकछत्र हालीमुहाली रहने थियो ।
त्यो बेला नेकपा (माओवादी) का प्रमुख भस्मासुरमध्ये म अर्थात् ‘प्रचन्ने’लगायत माओवादी भस्मासुरेले नेपाललाई ‘भस्म–खरानी’ बनाउन खोजेकै हौं, ढीलै भए पनि त्यो म स्वीकार गर्छु । कसरी त भन्दा जब हामीले (विसं २०५२) मा जनुयुद्ध नामक ‘भस्मासुरे कार्जे सुरु गर्यौं, जनयुद्ध छ वर्ष पुग्दासम्म पनि नेपालका चार पाँच, छ... जिल्लाबाहेक अन्यत्र प्रभाव पारेन, बढेन । तब हामीले नेपालका जनजाति, दलित, मधेसी, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई उक्सायौं । भनाइको मतलब हामीले जितेमा तिमीहरुलाई छुट्टिन पाउने आत्मनिर्णयको अधिकारसहित जातीय, भाषिक, क्षेत्रीय, गैर भौगौलिक राज्य दिनेछौं भनी रङ्गीचङ्गी खोलभित्र चकलेट प्याक गरेर देखायौं, दिई हालेनौं । मतलब ‘नाराका लागि नारा’ ल्यायौँ । त्यसरी नेपालका जनजाति, दलित, मधेसी, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित जातीय, भाषिक, क्षेत्रीय, गैर भौगौलिक राज्य दिने नारा ल्याउनासाथै नेपाललाई ‘भस्म–खरानी’ बनाउने हाम्रो योजना भगौलिक आधारमा पूर्व, पश्चिम, मधेस, पहाड, हिमाल एवम् जातीय आधारमा नेपालका विभिन्न (भन्नुपर्ने चाहिँ आदिवासी जनजाति हो) जनजाति, दलित र उत्पीडित जातजातिमा व्यापक रुपमा जनयुद्धको असर पुग्यो । त्यसरी जनुयुद्ध नामक ‘भस्मासुरे कार्जे !’ बढ्दै जानुमा ‘बाहुन वा होइन !’ भन्दा जनजातिहरुका केही ठिटाहरु अझ त्यसमा पनि विशेषतः मगर ठिटाहरु जस्तै वर्षमान पुन, ‘अनन्त’, नन्दबहादुर पुन ‘पासाङ’को मुख्य भूमिका रहेको थियो । ‘बाहुन बा होइन !’हरुको काम भनेको अनादि कालदेखि ‘ढुङ्ग्रो फुक्ने, मन्त्र फुक्ने एवम् कान फुक्ने’ मात्रै न हो, त्यसबाहेक उल्टा’सुल्टा बुद्धि दिने हो ।
विसं २०५६/०५७ ताका वर्गीय नारालाई तिलाञ्जली दिएर, पार्टीको नाराबाट हटाएर छुट्टिन पाउने आत्मनिर्णयको अधिकारसहित जातीय, भाषिक, क्षेत्रीय, गैर भौगौलिक राज्य दिन्छौं भनी रङ्गीचङ्गी खोलभित्र पुरानै चकलेट प्याक गरेर नयाँ नारा ल्यायौं । मतलब ‘नाराका लागि नारा’ ल्यायौँ । त्यसरी नेपालका जनजाति, दलित, मधेसी, पिछडिएको क्षेत्र, उत्पीडित जातिलाई आत्मनिर्णयको अधिकारसहित जातीय, भाषिक, क्षेत्रीय र गैर भौगौलिक राज्य दिने भनी नारा ल्याउनासाथै नेपाललाई ‘भस्म–खरानी’ बनाउने योजना भगौलिक आधारमा पूर्व, पश्चिम, मधेस, पहाड, हिमाल र जातीय आधारमा नेपालका विभिन्न (भन्नुपर्ने चाहिँ आदिवासी जनजाति हो) जनजाति, दलित र उत्पीडित जातजातिहरुमा व्यापक रुपमा जनयुद्धको असर पुग्यो । त्यसरी जनयुद्ध नामक ‘भस्मासुरे कार्जे !’ व्यवपक रुपले फैलनुमा ‘बाहुन वा होइन !’ भन्दा पनि जनजातिका केही ठिटाहरु अझ त्यसमा पनि मगर ठिटाहरु जस्तै नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, देशलाई अनेक नाममा छिन्न–भिन्न बनाउन धेरै सजिलो भयो । यसो हुनुका सहज कारण भनेको जातीय, भाषिक, धार्मिक, भगौलिक, गैर भगौलिक आदि राज्य दिने भन्ने रहेको थियो । त्यसपछि विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समूहका लाटासिधा मानिस नेपाललाई ‘भस्म–खरानी’ बनाउने जनयुद्ध नामक आन्दोलनमा कन्धनी कसेर लागेका थिए । त्यसका लागि हामीले ‘साम, दाम दण्ड, भेद’ सबै नीतिहरु प्रयोग गरेका थियौं । सो क्रममा हामीले विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूहका जो आफ्नो नामका अगाडि बुद्धिजीवी, मानवअधिकारवादी, प्राध्यापक, डाक्टरको फुर्को झुन्डयाउँथे गर्थे । त्यस्ता लोभीपापीहरुलाई पनि मैले राम्रैसँग उपयोग गरेँ । त्यसपछि चाहिँ मूल मन्त्रका रुपमा गणतन्त्र, धर्म निरपेक्ष (सेक्युलर स्टेट), आत्मनिर्णको अधिकार, मानवअधिकार, दलित अधिकार, महिला अधिकार, मधेसी अधिकार, धार्मिक स्वतन्त्रताको अधिकार, म को हुँ वा हामी को हौं ? भनी व्यक्तिले व्यक्तिगत र समुदायले सामूहिक रुपमा निर्यण गर्न पाउने आत्मनिर्णयको अधिकार !’ लगायतका विषयमा सकेसम्म सबैलाई घोकाएका (कान फुकेका) थियौं । तर, नेपाली भाषामा चलेको उखानअनुसार ‘जनजाति, दलित, मधेसी, पिछडिएको क्षेत्र, उत्पीडित’हरुका लागि । ‘हातमा लाग्यो शून्य !’ भयो ।
नेपालको सन्दर्भमा ‘फुक्ने’ अथवा भनौं ‘भर्ने’ कुरो गर्दा केही वर्ष अघिसम्म नेपालका बाहुन कामरेडहरु (पूर्वीया र कुमाई दुवै समूह) ‘फुक्न’ अनि ‘भर्न’ भनेपछि एक नम्बर रहेका थिए । विसं २०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपालका ‘बाहुन वा होइन !’हरुभन्दा फिरिङ्गीहरु ‘फुक्ने’ वा ‘भर्ने’ सन्दर्भमा कता हो कता अब्बल भैसकेका छन्, फिरिङ्गीहरु ‘बा -हुन वा होइन ! हरुभन्दा ‘एडभान्स्’ भई सकेछन् । त्यसको तरो–ताजा प्रमाण भनेको गएको फागुन २१ गते भएको निर्वाचनलाई लिन सकिन्छ ।
नोटः पुरानो जमानामा ‘तीन फुक्का’ भन्नाले
१) ढुंग्रो फुक्नेः राजदरबार, राणा र खानदानी परिवारहरुका घर, शाह र ठकुरीका दरबार एवम् अन्य ठालू जातका हौं भन्नेहरुको घरमा भान्से बस्ने, भात पकाउने काम गर्ने ।
२)मन्त्र फुक्नेः महाराजा, राजा, श्री ३ महाराजलगायत उनीहरुका छोरा, नाति, पनाति र क्षेत्री, ठकुरी, शाह र सी ग्रेडका अन्य राणा आदिलाई मन्त्र फुक्ने, जनाई लगाईदिने मन्त्र दान दिने ।
३) कान फुक्नेः चुक्लि लगाउने, यताको कुरो उता सुनाउने, उताको कुरो यता सुनाउने, अरुका घरपरिवार र समाजमा उल्टासुल्टा कुरो गरेर भैmझगडा गराउने, अरुलाई लडाएर–भिडाएर व्यक्तिगत फाइदा लिने भन्ने अर्थमा प्रयोग गरिन्थ्यो, जुन काम पण्डित (बाहुन)हरुले गर्थे भन्ने आम भनाइ र बुझाई रहेको छ, ।
-ख्यामकान्त अर्याल इतिहास, धार्मिक मान्यता, हास्य–व्यङ्ग्य र सामाजिक महत्व हामी नेपालको एक अत्यन्तै अनोखा, सांस्कृतिक र ऐतिहासिक पर्व गाईजात्रा (सापारू) को बारेमा विस्तृत कुराकानी गर्दैछौँ। एकातिर आफन्त