Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अत्यधिक बर्षा हुन सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा

अत्यधिक बर्षा हुन सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा


अत्यधिक बर्षा हुन सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा


८ असोज कामना।

सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।

मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ।
मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ ।

मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपद्को यस जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्विनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ