८ असोज, कामना । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक महोम्मद चेरा थोडी रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले जानकारी दिए ।
उनी दुबईबाट फ्लाई दुबईको एफजेट५७३ नम्बरको उडानमार्फत बिहीबार (असोज ८) बिहान काठमाडौं ओर्लिएका थिए । उनले भित्री वस्त्रभित्र लुकाएर ल्याएको सुन प्रहरीले शंका लागेर जाँच गर्दा फेला पारेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ