२३ भदौ, कामना ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष धरौटीमा रिहा भएका छन् । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे धरौटीमा रिहा भएका हुन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका उनीसँग अदालतका न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटीबापतको रकम बुझाएपछि उनी रिहा भएका छन् । पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ