१३ कात्तिक, कामना ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो । त्यसका लागि आजदेखि २० कात्तिकसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार १३ कात्तिक (आज) बलम्बु, थानकोट तथा मातातीर्थ फिडर अन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ ।
त्यस्तै १४ कात्तिकमा सीतापाइला अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १५ मा कलंकी, थानकोट तथा रोपवे फिडर अन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् अवरुद्ध हुनेछ ।१६ कात्तिकमा बाफल फिडर अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती हुनेछ भने १७ मा शंखमुल फिडर अन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् आपूर्ति बन्द गरिने छ ।यसैगरी १८ र २० कात्तिकमा सतुंगल फिडर अन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र र १९ मा स्युचाटार एसएस फिडर अन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मौसम प्रतिकूल रहे निर्धारित कार्यतालिका रद्द हुन सक्ने पनि जनाएको छ । भूमिगत विद्युत् लाइन विस्तारको कामका लागि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ