जोसुकै मानिस वा मानिसको समूहले आपूm अथवा आफ्नो समूहलाई ठूलो हो भन्नु, ठूलो ठान्नु अनौठो भए । त्यसमा पनि युरोपको अष्ट्रियामा जन्मेका र पछि जर्मनीको नाजीवादी शासक बन्न सफल भएका हिटलरमा त आर्य श्रेष्ठताको ठूलै अहंकार रहेको थियो । हुनत कुनै पनि मानिसमा अरुभन्दा म आफू अझ ठूलो हुँ वा आप्mनो समूह ठूलो, जान्ने, सुन्ने, शिक्षित एवम् सभ्य हो ! भन्ने ठान्नु कुनै ठूलो कुरो भएन । हो, त्यस्तै सोचाईकै कारणले गर्दा नै हिटलरले यहुदी र कम्युनिस्टहरु पटक्कै मन पराउँदैन थिए । फलतः नाजीवादका प्रवर्तक बने –‘हिटलर ।’
हिटरले त्यस्ता मानिसमध्येमा एक थिए, जो आर्य श्रेष्ठताबारे बढी नै घमण्ड गर्थे । फलतः हिटलरका बारेमा हामीले अनेक भनाइ र किस्साहरु पढ्ने र सुन्ने गर्छौं । हुन पनि हिटलरकै कारणले गर्दा दोस्रो विश्व युद्ध भएको थियो । त्यसो हुनुमा पहिलो विश्व युद्धमा जर्मनीलाई असाध्यै अन्याय भएको ठान्थे, ‘हिटर ।’ फलतःउनमा सन् १९२०/२१ तिरै जर्मनीमा राष्ट्रवादी विचारधाराको बिजारोपण गरेका थिए । त्यसका लागि उनले सुरुमा समाजवादी नारा ल्याएका थिए । भलै सत्तामा पुगेपछि चाहिँ उनले निरंकुश शासन चलाए । निरंकुश शासकका रुपमा उदाए, नाजीवादी भए ।
जे होस्, हिटलरको वास्तविक र पूरा नाम ‘एडोल्फ हिटलर’ रहेको थियो । उनी जर्मनीको चान्सलर भएपछि ‘प्mयुँएर÷पँ्mयुर्र्’ देशको सर्वोच्च व्यक्ति! भन्ने उपाधि वा भनौं पदवीले पनि चिनिए । जे होस्, दोस्रो विश्व युद्धको क्रममा हिटलरको नेतृत्वमा रहेको नाजी ग्याङ् (गेस्टापो) का सेनाले ६० लाखभन्दा बढी मनिसलाई ‘ग्साय च्याम्बर’मा हालेर मारेको भन्ने इतिहासकार तथा अध्येताहरुको भनाइ रहेको छ । हिटलरले ग्यास च्याम्बरमा लगेर (हुलेर) मारेका ती ६० लाख मानिसमध्ये अधिकांश यहुदीहरु थिए भन्ने भनाइ रहेको छ । यसरी हेर्दा हिटलरको आर्य श्रेष्ठताको घमण्डको जाँतोमा पिल्सिएर मारिने ६० लाख मानिसहरु मध्ये अधिकांश यहुदी (ज्युज) र कम्युनिस्ट पार्टीका समर्थक साधारण मानिसहरु थिए भन्ने मतमा कसैको विमति रहेको छैन । यो लेखमा उनै अर्थात् एडोल्फ हिटलर र उनका अनुयायीहरुले सुरु गरेको आर्य श्रेष्ठताबारे केही लेख्दै छु ।
हो, हिटलरले आर्य उत्पत्तिको मूल कहाँ हो ? भनी पत्ता लगाउनका लागि आपूm शक्तिमा आएपछि धेरै ठाउँमा खोज–अनुसन्धान र अध्ययन गर्न विश्वासिला मानिसहरुलाई खटाएका थिए । हुनत हिटलरले कसकसलाई कहाँकहाँ खटाए ?सबै कुरो बाहिर आएको छैन । तर, उनले हिमालयको शिर तिब्बतमा पनि एक गोप्य टोली खटाएका थिए । सो कुरो बीबीसीले सन् २०२१ मा प्रकाशित लेखमा उल्लेख गरेको छ । जहाँ चार वटा त फोटा (सचित्र)नै छापिएको छ । सो लेखमा उल्लेख गरिएअनुसार ‘होलो कास्ट’का प्रखुम योजनाकार तथा हिटरका केही विश्वापात्रमध्ये एक हेनरिखे ह्यामेलरले सन् १९३८ मा पाँच जना सदस्य रहेको एक टोली तिब्बतमा आर्य उत्पत्तिबारे अध्ययन गर्न खटाएका थिए । हिटलरलाई के विश्वास थियो भने घुमन्ते आर्यहरु लगभग १५–१६ सय वर्षको आसपास उत्तरबाट भारत आएका हुन् । साथै भारत आएका आर्यहरुले गैर आर्यहरुसँग घुलमिल (रक्त मिश्रण गरेर) भएर ठूलै अपराध गरे भन्ने हिटलरलाई लाग्थ्यो ।
त्यस्तै गरेर ‘झिल्को डट कम अनलाइन’ले विसं २०७८ भदौ ताका भारतीय लेखक वैभव पुरन्दरेको किताब ‘हिटलर एन्ड इन्डिया’मा उल्लेख भएको प्रसंगलाई उद्घरण गर्दै लेखेको थियो ‘–दोस्रो विश्व युद्ध हुन केही दिनअघि जर्मनहरुको एक टोली भारतको पूर्वी सीमामा ओल्र्यो । हिटलरलाई घुमन्ते आर्यहरु १५०० वर्षअघि उत्तर भएर भारतमा प्रवेश गरेको विश्वास थियो । ती आर्यहरुले गैर आर्यहरुसँग मिसिएर अपराध गरेका छन् ।’ हुन पनि हिटलरलाई के लाग्थ्यो भने, आर्यहरु विश्वका सबैभन्दा उच्च नश्लका मानिस हुन् !?अर्को हिटलरको राम्रो पक्षचाहिँ के छ भने, हिटलरले आपूm जत्ति नै आर्य श्रेष्ठताको घमण्डले वशीभूत भए तापनि भारतीय जनताले गरेको अंग्रेज शासक विरुद्घको लडाईँ र देशको स्वन्तत्राप्रतिको भारतीय जनताको आन्दोलनप्रति भने, सँधै सहानुभूति र सद्भाव राख्ने गर्थे । जुन कुरो हिटलरले आपूmले गर्ने आन्तरिक बहस, छलफल र लेखमा पनि झल्किन्थ्यो ।
हिटलर र उनका अनुयायीहरुको विश्वास थियो, घुमन्ते उच्च नश्लका आर्यहरु इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबे । यो उनीहरुको धार्मिक विश्वास थियो । त्यसैले नाजी कट्््टरपन्थीहरु त्यसरी इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका आर्यहरु मध्ये जो बाँचे, उनीहरु सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गएर शरण लिए, जुन क्षेत्र सो वेला सुरक्षित र राम्रो वास स्थानको रुपमा रहेको विश्वास गरिन्छ । सोही क्रममा आर्यहरु विश्वकै छानोका रुपमा रहेको हिमालय क्षेत्रको पनि तिब्बतमा गएको भन्ने विश्वास तत्कालीन नाजी नेतृत्वमा रहेको थियो । त्यसैले नाजी नेतृत्वले इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका मध्ये जो बाँचे, उनीहरु कहाँ गए ? भन्ने सम्बन्धमा अध्ययन गर्नका लागि सन् १९३५ मा एक अध्ययन टोली गठन गरेका थिए । आर्यहरुको उत्पत्तिथलो सम्बन्धी अध्ययन गर्न हिटलरले सन् १९३८ मा पाँच जनाको वैज्ञानिक टोली तिब्बतमा अध्ययन गर्न पठाएका थिए । भनिन्छ, सो वैज्ञानिक टोली बोकेको पानीजहाज सर्व प्रथम श्रीलंकाको राजधानी कोलम्बोमा उत्रिएको थियो । पानीजहाज फेरेर भारतकै पश्चिम बंगालको कोलकाता (कलकत्ता) ओर्लेका थिए । उक्त जर्मन वैज्ञानिक टोली भारतको कोलकाता आई पुगेपछि ‘टाइम्स अफ इन्डिया’ले “अ गेस्टपो एजेन्ट इन इन्डिया” शीर्षकमा हेडलाइन बनाएर समाचार छापेको थियो । त्यसपछि सो अध्ययन टोलीलाई तत्कालीन बेलायती अधिकारीहरुको सिक्किम हुँदै तिब्बत जान नदिने मनसाय बुझेपछि तिब्बत छिर्ने अर्कै उपाय निकाले । सो जर्मन टोलीले स्वस्तिक चिन्ह्सहितको झण्डा राखेर झोला र सरसामान खच्चडमा लोड गरे । बौद्ध र हिन्दु धर्मको प्रतीक मानिन्छ, स्वस्तिक चिन्ह् । अझ हिन्दु धर्मालम्बीले त स्वस्तिक चिन्ह्लाई शुभ लाभको संकेत मान्ने गर्छन ।
तर, अन्तमा सो जर्मन वैज्ञानिक टोलीले घुमन्ते उच्च नश्लका भनिएका ती आर्यहरुको समूह इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति(चट्याङ् ) का कारण डुबेको भन्ने तत्कालीन क्रिश्चियन (क्याथोलिक) मतअनुसार हिटलर र उनका ग्याङ्÷गेस्टापोका अनुयायीहरुले विश्वास गरेका भनिएका जो उच्च नश्लका आर्यहरु थिए? उनीहरुमध्ये जो बाँचे, त्यसरी बाँचेका उच्च नश्लका आर्यहरु मध्ये सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गए, गएनन् ? भन्ने बारेमा के हो, कसो हो ? पत्ता लगाए कि लगाएनन् ? सो सम्बन्धमा भने हालसम्म पनि केही, कुनै जनकारी बाहिर आएको छैन । अर्थात् सो सम्बन्धमा हालसम्म कुनै सत्य, तथ्य र तथ्यांकहरुबारे कतै केही उल्लेख गरिएको छैन । समाचार अथवा लेखहरु प्रकाशित भएको थाहा हुन आएको छैन ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ