काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । आजे नेप्से शून्य दशमलव दश अर्थात २ दशमलव ७४ अंकले बढेर २ हजार ६ सय ७४ दशमलव ३६ को बिन्दूमा रोकिएको हो ।
यो दिन कारोबारमा आएका २ सय ७ कम्प्नीको १ करोड ३३ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको हो ।
सार्वधिक कारोबार गर्ने कम्पनीः
आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ३६ करोड ७७ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, नेपाल बैंक, चन्दगिरी हिल्स, नबिल बैंक, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, फरर्वाड माईक्रोफाइनान्स, ज्योति विकास बैंक र इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ।
सार्वधिक कमाउने कम्पनीः
आज एनआईसी एसीया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यो दिन यो कम्पनीको सेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको हो । त्यस्तै ग्रिन लाईफ हाइड्रो, हिजोबार कारोबारमा आएको ज्योति लाईफ, मल्टीप्रपोज फाइनान्स, रिलायन्स लाईफ,
ग्लोबाल आईएमई लघुवित्त लगायतका यी कम्पनीका लगानीकर्ता आज मालामाल भएका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ