काठमाडौँ । नयाँ वर्ष शुरु हुनु २ दिन अगाडि सेयर बजारमा चमक थपिएको छ । सोमबार सेयर बजार सूचक १७।२० अंकले वृद्धि भएर २६९१।५५ मा पुगेको हो ।
सोमबार दिउँसो हिलेसम्मकै उच्चतम अंक २६९४ अंकसम्म पुगेको बजार फर्किएर २६९१.५५ मा बन्द भएको हो।
आज २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार १३ समूह मध्ये माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका ७ समूहको सूचक वृद्धि भएको छ जलविद्युत, अन्य र इन्भेष्टमेन्ट बाँकी ६ वटा समूह भने रातो भएको छ ।
एनआइसी एसिया लघुवित्त र महिला लघुवित्तको सेयरमा बढेर सर्किट लागेको छभने ५ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको थियो ।
कारोबार रकममा २५ करोड रुपैयाँभन्दा बढीसहित एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यस्तै नबिल २४ करोड ४२ लाख, निफ्रा २२ करोड, नेपाल बैंक २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।
सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।
सबैभन्दा धेरै कमाउनेमा सोमबार अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।
पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको पुँजी वृद्धिको बहस सुरु भएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले पाँच गुणासम्म पुँजी वृद्धि भए पनि आपत्ति नहुने बताएका छन् । पुँजी वृद्धिको विषयमा संघको धारणा समेत राष्ट्र बैंकमा बुझाइसकेको उनले बताएका छन् । संघका अध्यक्षको यो भनाइले पनि लघुवित्तमा लगानीकर्ताहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ