‘जानाति विविधाः भाषाः जानाति विविधाः कला ।
आत्मानं न जानाति यो नजाताति संस्कृतम ।’
अर्र्थः ‘मान्छेले जति नै धेरै भाषा जानेको कला जानेको बुझेको भए तापनि संस्कृत जानेन, बुझेन भने, उसले आफूलाई जान्न, चिन्न सक्दैन ।’
किन त्यसो भनियो वा त्यस्तो भनाइ प्रचलमा रहेको छ त भन्दा ज्ञान, विज्ञानको अथाह भण्डार अथवा अथाह स्रोत हो संस्कृत । साथै विश्वका धेरै भाषाका जरा पनि हो, ‘संस्कृत ।’
त्यसो भए तापनि नेपालीका लागि चाहिँ ‘भिल्लको देशमा मणि’ जस्तो भएको छ, — ‘संस्कृत ।’ जबकि संस्कृतमा भएको ज्ञान र विज्ञानको अथाह भण्डारलाई देखेरै हुनुपर्छ, विभिन्न देशका अनुसन्धानकर्ताले पछिल्लो समयमा संस्कृत सिक्ने एवम् पढ्ने क्रम बढी रहेको देखिन्छ । खास गरिकन पाश्चात्य देशका अनुसन्धानकर्ताले संस्कृत भाषा सिकेर, पढेर संस्कृतमा भएका ज्ञान र विज्ञानको जरोसम्मै पुग्ने प्रयास गरिरहेका छन् । यो क्रम बढ्दो क्रममा रहेको देखिन्छ भने, केही पाश्चात्य देशले चाहिँ संस्कृतमा रहेका ज्ञान र विज्ञानका अथाह स्रोतलाई प्रगेल्न र रस्वादन गर्न भनेर आफ्नो देशका कयौ विश्वविद्यालयमा संस्कृतको पढाई पहिलेदेखि चालु गरेका थिए । केही देशले चाहिँ केही दशकदेखि संस्कृतको पढाई चालु गरेका छन् । कयौं देशका नागरिकले निजी तवरले संस्कृतको उन्नयनका लागि भनेर व्यक्तिगत रुपमा संस्कृत पठनपाठन गर्नतिर लागेका छन्, अरुलाई पनि संस्कृत पढाई रहेका छन् ।
पाश्चात्य देशका विद्वानहरुले समेत ज्ञान र विज्ञानको स्रोत मानेर अध्ययन–अनुसन्धान गरिरहेको वेद, उपनिषद, ऋचा, मन्त्र, व्याकरण, महाकाव्य, पूर्वीय दर्शन, श्लोक, प्रहेलिका, हास्यकर्णिका (हाँस्य–व्यंग्य), शुभाषितानि, नव्य–न्याय (हिन्दु तर्कशास्त्र र हिन्दु दर्शनको विशिष्ट प्रणाली), ज्योतिषशास्त्र, मनुस्मृति, कौटिल्यको अर्थशास्त्र, नीतिकथा, राजनीतिशास्त्र, पञ्चतन्त्रका कथा, सङ्गीतको सुरुवात, (१४ माहेश्वर सुत्र), ऋषि, मुनी र महर्षिका कयौं ग्रन्थ संस्कृतमै लेखिएको हुनाले गर्दाखेरि संस्कृतको महत्व २१ औं शताब्दी अर्थात् आधुनिक जमानामा पनि कम भएको छैन, बरु यसको महत्व अझ बढेर गएको देखिन्छ । त्यसो त खोजी पस्दाखेरि अरु कयौं भाषा, धर्म र दर्शनमा पनि ज्ञान र विज्ञानको स्रोतहरु थिए होलान् । ती मध्ये कतिपय भाषा, धर्म र दर्शन लिखित थिएनन् । मौखिक रुपमा मात्रै प्रचलनमा रहेका थिए । नेपालका किरात महाजातिभित्रका विभिन्न जातिहरुले मान्दै आएको धर्म, दर्शन ‘मुन्धुम, रीदूम, मुन्थुम, मुक्दुम मुद्दुम, मुग्दुम’ आदिलाई उदाहरणका रपमालिन सकिन्छ । तर, ती सबै लिखित नभएकैले गर्दा धेरै कुरोहरु लोप भए कति लोप हुने क्रममा छन् । बाँकी रहेका केही चाहिँ बचाउन सकिन्छ कि रु भनेर केही व्यक्ति वा संस्थाहरु लागीपरेका छन् ।
नेपालमा आदि अनादि कालदेखि बसोवास गर्दै आएका धेरै जसो आदिवासी जनजातिहरुका भाषा, धर्म र दर्शनमा रहेका ज्ञान एवम् विज्ञानको अथाह स्रोत सुरक्षित रहन सकेनन् । जसलाई ऊ वेला ‘थुतुरी वेद’ भन्ने गरिन्थ्यो अझै पनि थुतुरी वेद नै भन्ने गरिएको छ । जे भए तापनि पछिल्लो समय औपचारिक तथा अनौपचारिक रुपमा संस्कृत सिक्ने र सिकाउने प्रचलन बढ्दो क्रममा रहेको देखिन्छ । नेपालमा मात्रै नभईकन विश्वका धेरै देशमा संस्कृत भाषा सिक्ने अनि सिकाउने क्रम बढिरहेको देखिन्छ । चाहे त्यो औपचारिक रुपमा होस् वा अनौपचारिक रुपमै किन नहोस् । खोजी पस्ताखेरि के देखिन्छ भने, विश्वका केही प्राचीन भाषाहरुमध्ये अति प्राचीन भाषा हो, ‘संस्कृत ।’ यसरी संस्कृत भाषालाई सबै भाषाविदले प्राचीन भाषामध्ये अति प्राचीन भाषाका रुपमा स्वीकारेका छन् । अझ हिन्दु धर्मालम्बीहरुले संस्कृतलाई ‘देववाणी’ अथवा ‘देवभाषा’ भन्ने गर्छन् । भनाइको अर्थ संस्कृत ऊ जमानामै ‘तेत्तीस कोटि देवी–देउता’ले बोल्ने गरेका थिए÷बोल्दै आएका थिए भन्ने मूल्य–मान्यता र विश्वास रहेको छ । त्यसैले संस्कृतलाई ‘देववाणी संस्कृतम्’ पनि भनिन्छ ।
‘संस्कृत’ आर्य–इरानेली (इन्डो–युरोपियन) भाषा परिवारमा पर्ने र आर्य–इरानेली भाषा परिवारत्रिका कयौ भाषाका जरा (रुट)पनि हो । नेपालमा बोलिने नेपाली, मैथिलीलगायत धेरै जसो आर्य–इरानेली भाषा परिवारभित्रका भाषाका मूल–जरा संस्कृत हुनुका साथै बङ्गाली, गुजराती, मराठी, हिन्दी, लिथुआनियन, मलायलम, तेलुगु, फारसी आदि भाषासँग संस्कृतको नजिकको सम्बन्ध रहेको मानिन्छ । भाषाविदहरुका अनुसार युरोपको लिथुआनियन भाषाको व्याकरण र ध्वनि त संस्कृतसँग सबैभन्दा धेरै नजिक रहेको छ । भनाइको मतलब लिथुआनियन भाषासँग संस्कृत भाषा धैरै मेल खान्छ । यसको अर्थ युरोपियन देशमा अहिलेसम्म जीवित रहेका अधिकांश भाषाहरुमध्ये संस्कृतसँग नजिक रहेको एवम् धेरै हदसम्म मेल खाने भाषा चाहिँ लिथुयानियन भाषा मात्रै रहेको मानिन्छ । यसका साथै ग्रिक, ल्याटिन जस्ता पूराना भाषा र रसियन, जर्मन आदि भाषासँग संस्कृतका कयौं शब्दहरुका मिल्नुका साथै केही ध्वनिसमेत मिल्ने गरेको भन्ने भनाइ भाषाविदहरुको रहेको छ ।
नेपालमा संस्कृतको महत्व बुझेरै हुनपर्छ, तत्कालीन श्री ५ को सरकारले विसं २०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गरेर संस्कृतमा उच्च शिक्षाको बाटो खोलेको थियो । अहिले चाहिँ महेन्द्र संस्कृत विश्वविद्यालयको नाम ‘नेपाल संस्कृत विश्वविद्यालय’ राखिएको छ । जानकारहरुका भनाइअनुसार महेन्द्र संस्कृत विश्वविद्यालयको परिकल्पना योगी नरहरिनाथले विसं २०२७ तिरै गर्नु भएको थियो । त्यसो भए तापनि महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना हुनका लागि झण्डै १६ वर्ष लागेको थियो । जे भए तापनि महेन्द्र संस्कृति विश्व विद्यालय स्थपना भई सकेपछि उक्त विश्वविद्यालयले संस्कृतमा उच्च शिक्षा मात्र नदिएर संस्कृत शिक्षाको संस्थागत विकास र तहगत रुपमा पढाई गर्नका लागि पाठ्यक्रमको निर्माण र विस्तार समेत गर्दै आएको थियो । तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भएपछि सो विश्व विद्यालय अन्तर्गत नेपालका केही ठाउँमा क्याम्पस ९कलेज० तथा विद्यालयहरु स्थापना गरेर पढाई सूचारु गरिएको थियो । अझ त्यसअघि नै नेपालमा संस्कृतको शिक्षाको प्रवद्र्धन गर्न भनेर राणा प्रधानमन्त्री श्री ३ महाराज वीरशमशेर राणाका पालामा विसं १९४३ मा ‘तीनधारा पाकशाला’, जमल÷दरबार मार्गमा खोलिएको थियो । अहिले रानी पोखरी (संस्कृतमा ‘राज्ञी–पुष्करिणी’) रहेको पश्चिमतर्फ, जमल, रत्नपार्क, भोटाहिटी र कमलाक्षीबिचमा रहेको छ, सो पाठशाला । उक्त पाठशालालाई अहिले ‘संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल)’ भनेर चिनिन्छ ।
संस्कृत किन सिक्ने ?
माथि नै एक प्रसङ्गमा भनिएको छ कि, संस्कृत भाषा केवल एक भाषा मात्रै नभएर ज्ञान र विज्ञानको अथाह स्रोत हो । त्यसैले हामी सबैले रुचि ९रुची० का साथ संस्कत भाषा पढ्न, बोल्न र लेख्न, सिक्नुपर्ने देखिन्छ । सबै विषयमा नभए तापनि नव्य–न्याय (हिन्दु तर्कशास्त्र र दर्शनको विशिष्ट प्रणाली), ज्योतिष, मनुस्मृति, कौटिल्यको अर्थशास्त्र, नीतिकथा, राजनीतिशास्त्र, व्याकरण, पञ्चतन्त्रका कथा, सङ्गीत–ज्ञान भने लिनुपर्ने, सिक्नुपर्ने देखिन्छ । जसले गर्दा जो कोहीले राजनीति, कूटनीति, अर्थनीति, ज्योतिष, भाषा, व्याकरण, नीतिशास्त्र, सङ्गीत आदिमा पारङ्ग हुन नसके तापनि धेरथोर ज्ञान लिन सकिन्छ । जसको ज्ञान अथवा भनौं सामान्य जानकारी भएमा राजनीति, कूटनीति, अर्थनीति, भाषा, व्याकरण, नीतिशास्त्र, सङ्गीतलगायतका विभिन्न क्षेत्रमा लाग्न चाहनेहरुले धेरै सिक्न सक्छन् । 
सोही कुरालाई मनन् गरेर पङ्तिकारले गएको वैशाख २८ देखि असार १३ गतेसम्म आयोजना गरिएको ‘१२० घण्टाको आधारभूत संस्कृत प्रशिक्षण’ लिएको थियो । उक्त प्रक्षिण कार्यक्रम ‘संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल)’ रानी पोखरीले गरेको थियो । पढ्न आएका विद्यार्थीको पढाई खर्च एवम् खाजा खर्चको व्यवस्थापन वागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले व्यहोरेको थियो । कार्यक्रमका संयोजक विजय पण्डितले जानकारी दिनु भए अनुसार गएको वर्षदेखि ‘संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल)’ रानी पोखरीले एवम् वागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले संयुक्त आयोजनामा संस्कृत सिक्न इच्छुक विद्यार्थी (शिक्षार्थी) हरुलाई भाषा, व्याकरण, सन्धि निमय, ज्योतिष, ग्रह–दशा, नव्य–न्याय लगायत विषयका आधारभूत ज्ञान दिने गरिएको बताउनु हुन्छ । उहाँका अनुसार गएको वर्ष ४० जनाका लागि मात्रै कोटा छुट्याईको थियो । तर सो वर्ष संस्कृत सिक्न चाहने विद्यार्थीहरुको अत्यधिक चापका कारण यो वर्ष ८० जना विद्यार्थीहरुलाई भाषा, व्याकरण, सन्धि निमय, ज्योतिष, ग्रह–दशा, नव्य–न्याय (हिन्दु तर्कशास्त्र र दर्शनको विशिष्ट प्रणाली) लगायतका विविध विषयमा आधारभूत ज्ञान दिईएको बताउनु हुन्छ । उहाँका अनुसार यस पालि कर्मकाण्डको पनि पढाई हुनुपर्ने (हिन्दु धर्मअनुसारको) कर्मकाण्डलाई पनि पाठ्यक्रममा थप्नुपर्ने, समेट्नुपर्ने अधिकांश शिक्षार्थीले माग गरेको बताउनु हुन्छ, कार्यक्रमका संयोज विजय पण्डित ।
संस्कृत मृतभाषा हो ?
केही मानिस ‘संस्कृत’लाई मृत भाषा भन्ने गर्छन् । त्यसो किन भनिन्छ रु किनभने, अहिलेसम्म नेपालमा कसैले मातृभाषाको परिभाषाअनुसार संस्कृत बोल्ने गरेका छैनन् । नेपालमा जतिले संस्कृत बोल्ने गर्छन्, ती सबैले पछि सिकेर, पढेर बोल्ने गरेका छन् । जबकि, मातृभाषा भन्नाले ‘जसले जन्मदाखेरि आफ्नो आमाको काखमा लुटपुटिदैँ दूध आमाको दूध चुस्दै भाषा सिक्छ, त्यो भाषा मात्रै मातृभाषा हो । अर्थात् जो कोही मानिसले मनुष्य चोला लिएपछि आफ्नो घर–परिवार अनि सुमदायमा बोल्दै आएको भाषालाई मात्रै मातृभाषा भनिन्छ ।’ प्रज्ञा नेपाली बृहत् कोश विसं २०७९ मा ।, मा पनि मातृभाषाको अर्थ ‘आमाको काखमा बसेर सिकिने तथा आफ्नो जाति वा वर्गमा बोलिने भाषा ।’ भनेर लगाईएको छ । तर, यहाँ प्रज्ञा नेपाली बृहत् कोशले एक अक्षम्य गल्ती गरेको देखिन्छ । त्यो के भने, ‘..।वा वर्गमा बोलिने भाषा भनिनु । किनभने, वर्ग भनेको जुनसुकै जातजाति, भाषाभाषी, धार्मिक समूह बनेको हुन्छ, बन्न सक्छ । जस्तो कि धनी वर्ग । गरिब वर्ग, श्रमिक वर्ग । गरिखाने वर्ग । बसिखाने वर्ग । ठगिखाने वर्ग । लुटिखाने वर्ग । किसान वर्ग आदि आदि ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ