Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

भारतीय चर्चित पत्रीका ‘आजतक’ले साम्राज्ञीको बारेमा किन यस्तो लेख्यो ? म’च्चियो त’हल्का !

भारतीय चर्चित पत्रीका ‘आजतक’ले साम्राज्ञीको बारेमा किन यस्तो लेख्यो ? म’च्चियो त’हल्का !

  • 2.8K
    SHARES

  • १८ पौष काठमाडौँ  केही समययता भारतीय भिडियाले नेपाली सेलिब्रेटीको बारेमा निकै चासो दिन थालेको छ । केही दिन अगाडि भारतको नम्बर एक टेलिभिजन च्यानल आजतकको अनलाइनमा अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसँग तुलना गरेर समाचार प्रकाशन गरेको थियो । उनको फिल्म र बैबाहिक जीवनबारे पनि चर्चा गरिएको थियो। त्यसपछि फेरि आज तक ले नेपाली फिल्मकी अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विषयमा समाचार प्रकाशन गरेको छ । नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बारेमा भारतीय मिडियामा विशेष रिपोर्ट प्रकाशित भएको छ । केही दिनअघि महानायक राजेश हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसँग तुलना गर्दै समाचार लेखेको भारतको चर्चित मिडिया आज तकले नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको समाचारलाई स्थान दिएको छ।
    आज तकले साम्राज्ञीलाई नेपालकी महंगी नायिका भन्दै साम्राज्ञीको तारिफ गर्दै समाचार लेखेको हो । आज तकले लेखेको छ, ‘साम्राज्ञी नेपाली सिनेमाकी उत्कृष्ट अभिनेत्रीमा एक हुन्, आज उनी नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् ।’ नेपाली मिडियालाई उद्धृत गर्दै साम्राज्ञीले १६ लाख लिएको खबर पनि आज तकले लेखेको छ । पहिलो फिल्म ‘ड्रिम्स’ बाट डेब्यु गरेको र फ्यान कमाएको पनि समाचारमा जनाइएको छ। पछिल्लो समय साम्राज्ञी नेपाली फिल्म क्षेत्रमा चर्चामा रहिरहने नायिका हुन् । केही दिनअघि भने इन्डोनेसियाको बालीमा आफ्ना प्रेमी देवांश राणासँग शेयर गरेका चुम्बनसहितका तस्वीरले उनलाई विवादमा ल्याएको थियो। उनी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा प्रदर्शन भएको छ । साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन्। फिल्ममा करिअर बनाएकी उनी वास्तविक जिन्दगीमा भने राजघरानाको सदस्य रहेको समाचारमा उल्लेख गरिएको छ । साम्राज्ञीको वंशजका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाउने श्रेय दिने गरेको र उनको बंशजका ज्ञानेन्द्र शाह नेपालको राजा भएको पनि जानकारी दिइएको छ । शाहले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएकी थिइन् । नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट उनले ब्याचलर्स इन सोशियोलोजी गरेकी छन्, समाचारमा उल्लेख छ । तर, ‘आज तक’ ले डेब्यू फिल्म ‘ड्रिम्स’ हिट भए पनि उनको अभिनयको खासै प्रशंसा नभएको लेखिएको छ। https://www.youtube.com/watch?v=FHbechhUaLk

    • शुक्रवार, पौष १८ २०७६०४:२०:१५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ