पछिल्लो समय बैंकिङ तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ। मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल वालेट, आर्टिफिसियल इन्टेलिजेन्स (AI), ब्लकचेन, वैकल्पिक ऋण प्रविधिलगायतका नयाँ वित्तीय प्रविधिले परम्परागत बैंकिङ प्रणालीलाई क्रमशः परिवर्तन गरिरहेका छन् । तर नयाँ प्रविधि र वित्तीय सेवा बजारमा ल्याउँदा त्यससँगै जोखिम पनि जोडिन्छ। ग्राहकको रकम तथा तथ्यांकको सुरक्षा, साइबर जोखिम, उपभोक्ता संरक्षण, वित्तीय स्थायित्व र विद्यमान कानुनी व्यवस्थासँगको सामञ्जस्य महत्वपूर्ण विषय बन्ने गर्छ। यही सन्दर्भमा ‘Regulatory Sandbox’ को अवधारणा महत्वपूर्ण बनेको हो ।
सामान्य भाषामा भन्नुपर्दा Regulatory Sandbox भनेको नयाँ वित्तीय प्रविधि वा सेवाको वास्तविक बजारमा व्यापक प्रयोग गर्नुअघि सीमित, नियन्त्रित र सुरक्षित वातावरणमा परीक्षण गर्ने व्यवस्था हो। यसले नयाँ वित्तीय सेवा विकास गर्ने संस्था वा कम्पनीलाई आफ्नो नवीन अवधारणा परीक्षण गर्ने अवसर दिन्छ भने नियामकलाई त्यसबाट उत्पन्न हुन सक्ने जोखिम र सम्भावित प्रभाव बुझ्ने अवसर प्रदान गर्छ । अर्थात्, यसलाई ‘पहिले परीक्षण, त्यसपछि मूल्याङ्कन र उपयुक्त देखिएमा व्यापक प्रयोग’ भन्ने अवधारणाका रूपमा बुझ्न सकिन्छ ।
नेपालमा डिजिटल वित्तीय सेवाको विस्तारसँगै नयाँ–नयाँ प्रविधि र व्यवसायिक अवधारणाहरू विकास भइरहेका छन्। तर सबै नयाँ प्रविधि विद्यमान कानुनी तथा नियामकीय संरचनाभित्र तत्कालै समेटिन सक्ने अवस्था नहुन सक्छ।उदाहरणका लागि कुनै FinTech कम्पनीले AI को प्रयोग गरेर ऋण मूल्याङ्कन गर्ने प्रणाली विकास गर्यो भने त्यसले ऋण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सक्छ। तर त्यसले ग्राहकको व्यक्तिगत विवरण कसरी प्रयोग गर्छ ? निर्णय निष्पक्ष छ कि छैन ? साइबर सुरक्षा कस्तो छ ? गलत निर्णय भएमा जिम्मेवारी कसको हुन्छ ? जस्ता प्रश्न पनि उठ्छन् । यस्ता नयाँ प्रविधिलाई न परीक्षण नगरी पूर्ण रूपमा सञ्चालन गर्न दिनु उपयुक्त हुन्छ, न त केवल नयाँ भएको कारण तत्काल रोक्नु नै उचित हुन्छ। यही बीचको सुरक्षित र नियन्त्रित बाटोका रूपमा Regulatory Sandbox को अवधारणा उपयोगी हुन्छ ।
Regulatory Sandbox को सामान्य प्रक्रियालाई चार चरणमा बुझ्न सकिन्छ ।
पहिलो— नवीन अवधारणा वा प्रविधिको प्रस्ताव ।
कुनै योग्य संस्था वा व्यवसायले नयाँ वित्तीय सेवा वा प्रविधिको प्रस्ताव अघि सार्छ।
दोस्रो— नियामकीय मूल्याङ्कन ।
प्रस्तावित प्रविधि, यसको सम्भावित जोखिम, ग्राहक संरक्षण, डेटा सुरक्षा तथा अन्य नियामकीय पक्षको अध्ययन गरिन्छ।
तेस्रो— सीमित परीक्षण ।
उपयुक्त मापदण्ड र सीमाभित्र रहेर निश्चित समय, निश्चित ग्राहक वा सीमित कारोबारका आधारमा परीक्षण गरिन्छ।
चौथो— मूल्याङ्कन र आगामी निर्णय ।
परीक्षणबाट प्राप्त परिणाम, जोखिम र सम्भावित लाभका आधारमा सेवा सुधार गर्ने, थप परीक्षण गर्ने वा उपयुक्त नियामकीय प्रक्रियामा लैजाने निर्णय गर्न सकिन्छ।
यस प्रक्रियाबाट नियामक र नवप्रवर्तनकर्ता दुवैले वास्तविक अनुभवबाट सिक्ने अवसर पाउँछन्।
Regulatory Sandbox विशेषगरी नयाँ FinTech सेवाका लागि महत्वपूर्ण हुन सक्छ। उदाहरणका रूपमा:
यस्ता प्रविधिको परीक्षणबाट नयाँ सेवा कत्तिको सुरक्षित, प्रभावकारी, व्यवहारिक र ग्राहकका लागि उपयोगी छ भन्ने कुरा बुझ्न सहयोग पुग्छ।
Regulatory Sandbox को सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक ग्राहक संरक्षण हो। नयाँ वित्तीय सेवा पूर्ण रूपमा बजारमा आउनुअघि परीक्षण हुँदा सम्भावित कमजोरी पहिचान गर्न सकिन्छ । यसबाट ग्राहकको पैसा, व्यक्तिगत विवरण तथा वित्तीय हितमा पर्न सक्ने जोखिमलाई प्रारम्भिक चरणमै सम्बोधन गर्न सहयोग पुग्न सक्छ । साथै, सफल नवप्रवर्तनले ग्राहकलाई अझ छिटो, सहज, सस्तो र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउन सक्छ ।
नयाँ वित्तीय प्रविधि विकास गर्ने कम्पनीका लागि पनि Regulatory Sandbox महत्वपूर्ण अवसर हो । नयाँ अवधारणा लिएर बजारमा प्रवेश गर्न खोज्ने कम्पनीले नियामकीय पक्ष बुझ्ने, आफ्नो प्रविधिको व्यवहारिक परीक्षण गर्ने र सम्भावित कमजोरी सुधार गर्ने अवसर प्राप्त गर्न सक्छ । यसले Start-up तथा FinTech Innovation लाई प्रोत्साहन गर्न र नेपालमा नयाँ वित्तीय प्रविधिको विकासका लागि वातावरण बनाउन सहयोग पुर्याउन सक्छ ।
यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ—Regulatory Sandbox मा परीक्षण गर्न पाउनु भनेको कुनै वित्तीय सेवा सञ्चालनका लागि स्थायी वा पूर्ण नियामकीय अनुमति प्राप्त गर्नु होइन । Sandbox को मुख्य उद्देश्य नै नयाँ प्रविधि वा सेवाको सम्भाव्यता र जोखिमलाई नियन्त्रित वातावरणमा परीक्षण गर्नु हो। त्यसैले परीक्षणबाट प्राप्त परिणामका आधारमा सम्बन्धित नियामकीय आवश्यकताहरू पूरा गर्नुपर्ने हुन्छ ।
Regulatory Sandbox ले नवप्रवर्तनका लागि अवसर सिर्जना गरे पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण हुन्छ । विशेषगरी: डेटा सुरक्षा, साइबर सुरक्षा, ग्राहकको गोपनीयता, उपभोक्ता संरक्षण, Algorithmic Bias, वित्तीय अपराधको जोखिम तथा परीक्षणपछि सफल सेवाका लागि स्पष्ट नियामकीय मार्ग महत्वपूर्ण विषय हुन् । नयाँ प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा नियामकले पनि प्रविधिको विकाससँगै आफ्नो क्षमता र नियामकीय दृष्टिकोणलाई निरन्तर अद्यावधिक गर्नुपर्ने हुन्छ ।
नेपालमा वित्तीय पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन नयाँ प्रविधिको भूमिका महत्वपूर्ण हुँदै गएको छ। तर Innovation र Regulation बीच सन्तुलन कायम गर्नु उत्तिकै आवश्यक छ ।
अत्यधिक नियमनले नवप्रवर्तनलाई रोक्न सक्छ भने पर्याप्त नियमन र जोखिम नियन्त्रणबिना नयाँ प्रविधिको प्रयोगले ग्राहक तथा वित्तीय प्रणालीमा समस्या ल्याउन सक्छ । त्यसैले Regulatory Sandbox लाई नवप्रवर्तन र नियमनबीचको पुल का रूपमा हेर्न सकिन्छ ।
आजको वित्तीय संसारमा प्रविधिलाई रोक्नेभन्दा सुरक्षित रूपमा परीक्षण, मूल्याङ्कन र व्यवस्थित ढंगले प्रयोगमा ल्याउने नीति आवश्यक छ । नेपाल राष्ट्र बैंकको Regulatory Sandbox जस्ता पहलले नयाँ वित्तीय प्रविधिलाई प्रोत्साहन गर्दै ग्राहक संरक्षण, वित्तीय स्थायित्व र नियामकीय अनुशासनबीच सन्तुलन कायम गर्न सहयोग पुर्याउन सक्छ । भविष्यमा नेपालमा FinTech, AI, Digital Lending, Digital Payment र अन्य वित्तीय नवप्रवर्तन अझ विस्तार हुँदै जाँदा Regulatory Sandbox केवल एउटा परीक्षण प्रणाली मात्र नभई नेपालको डिजिटल वित्तीय विकासको महत्वपूर्ण आधार बन्न सक्ने सम्भावना छ ।
नयाँ प्रविधिलाई स्वीकार गरौँ, तर सुरक्षित र जिम्मेवार ढंगले ।
नवप्रवर्तनलाई प्रोत्साहन गरौँ, तर ग्राहक हितलाई केन्द्रमा राखेर।
– ख्याम कान्त अर्याल
Khyam Aryal Academy
माथिको लेख khyam aryal academy youtube channel मा हेर्न र सुन्न सकिनेछ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ