Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

रवि ओड : नेपाल आइडल जितेर खुसि हुदै टारेँ घरको समस्या

रवि ओड : नेपाल आइडल जितेर खुसि हुदै टारेँ घरको समस्या

  • 2.1K
    SHARES

  • २३ पुस, काठमाडौँ  । सांगीतिक प्रतियोगिताबाट उदाएका प्रतिभाहरुसँग सधैं एउटा चुनौती रहन्छ, सुरुवाती दिनमा पाएको चर्चा र तरंगलाई कसरी दीर्घकालीन बनाउने ? करियरको सुरुवातमा उनीहरु चर्चाको उत्कर्षमा रहन्छन, क्रमशः त्यसको राप र ताप सेलाउँदै जान्छ । अन्ततः उनीहरु दृश्यपलटबाट छायाँमा पर्छन् ।
    वि ओडलाई पनि लाग्न थालेको छ, ‘आफू पनि त्यसरी नै ओझेलमा परिने पो हो कि ?’ नेपाल आइडलको दोस्रो संस्करणबाट उदाएका गायक हुन्, रवि ओड । कञ्चनपुरको गुलरियास्थित सामान्य परिवारमा जन्मिएको ठिटो । बाल्यकाल गरिबी र अभावमा बित्यो । बुबा भारतमा रोजगारी गर्थे । बनिबुतो जिन्दगी चलेकै थियो । रविलाई भने गीत–संगीतमा औधी रुची । गाउँथे, रमाउँथे । तर उनको गायकी फक्रन पाएको थिएन । नेपाल आइडलको प्लेटफर्मबाट भने उनले सार्वजनिक चिनारी बनाए । यद्यपि यो चिनारी सधैं कायम राख्न सकिएला वा नसकिएला भन्नेमा उनी आफै सशंकित छन् ।   नेपाल आइडल–२ को उपाधि जित्दाको क्षणलाई कसरी सम्झनुहुन्छ ? त्यो मेरो जीवनकै महत्वपूर्ण क्षण हो, जहाँबाट मैले सबैमाझ चिनिने मौका पाएँ । थुप्रै शुभचिन्तक कमाएँ । नेपाल आइडलले मलाई त्यो लोकप्रियता र मञ्च उपलब्ध गराइदियो । मैले नेपाल आइडल जित्नुमा सबैको शुभेच्छा र मप्रतिको विश्वास नै हो । उनीहरुको विश्वासलाई मैले गुमाउन दिनहुन्न । मैले नेपाल आइडलको उपाधिलाई कहिलेसम्म जोगाउन सक्छु ? यो मेरो लागि चुनौती हो । उपाधि पाउँदा तपाईंका केही सपना थिए । नयाँ घर बनाउने, बुवालाई भारत जानबाट रोक्ने । ती सपनाहरू पूरा भए ? पक्कै पनि मेरा धेरै सपना थए । घर बनाउने, पारिवारिक पृष्ठभूमिलाई बलियो बनाउने । ती सबै राम्रो भएको छ । उपाधि जितिसकेपछि सबै व्यवस्थित भएको छ । पहिलेजस्तो पैसाको आवश्यकता पर्ने गरेको थियो त्यो अहिले छैन । अहिलेसम्म मेरो बोली बिकिरहेको छ । टाउको बिकिरहेको छ । जे होस् राम्रो छ । पहिलेको भन्दा त धेरै राम्रो छ । तपाईंलाई आफू पनि यस क्षेत्रबाट गुमनाम बन्छु भन्ने डर हो ? नेपाल आइडल पहिलो संस्करणका विजेता बुद्ध लामा गुमनाम छैनन् । आफ्नो काम गरिरहेकै छन् । मैले पनि आफ्नो लय गुमाएको छैन जस्तो लाग्छ । हामीले आफ्नो कामलाई निरन्तरता दिइरहने कुरा हो । निरन्तरताका लागि मिहिनेत, लगाव र गुणस्तर आवश्यक हुन्छ । पूर्ण रुपले मिहिनेत गरेपछि सकारात्मक नतिजा आउँछ जस्तो लाग्छ । सुरुवाती क्षणमा पाएको चर्चालाई कायम राख्न चुनौतीपूर्ण होला है ? कलाकारिता आफैमा चुनौतीपूर्ण क्षेत्र हो । आज चर्चा छ, भोलि गुमनाम । सधै आफ्नो चर्चा र लोकप्रियतालाई जोगाएर राख्न गाह्रो छ । तर, आफ्नो काममा इमान्दार हुने हो भने धेरै डराउन पनि आवश्यक छैन । हाम्रो संगीत क्षेत्र त्यति ठूलो छैन । यहाँ ठूलो स्टार बनेर पनि काम छैन । जे छ त्यसमै सन्तोष गर्नुपर्छ । मिहिनेत गर्न छाड्न हुँदैन । तपाईंले उपाधि जितिसकेपछि सुदूरपश्चिममा संगीतको क्रेज बढेको हो ? मलाई त्यस्तै लाग्छ । अहिले नेपाल आइडलको सिजन ३ मा पनि धेरै प्रतियोगी सुदूरपश्चिमबाट सहभागी छन् । विगतमा त्यस्तो क्रेज थिएन । पहिले–पहिले सुदूरपश्चिम पिछाडिएका भन्थे । विकासमा मात्र होइन, गीत संगीतका क्षेत्रमा पनि उत्साहित भएर लाग्ने माहौल थिएन । हामीलाई कसैले सहयोग गर्दैन, साथ दिँदैन भन्ने लाग्थ्यो । तर, त्यो भ्रम रहेछ । यहाँ भूगोल भन्दा पनि प्रतिभालाई ठाउँ दिइने रहेछ । अहिले कति व्यस्त हुनुहुन्छ ? अहिलेसम्म मैले सबैको साथ, सहयोग पाएको छु । चलचित्रको गीत गाउने काम पाइरहेको छु । अहिले चल्तीमा रहेका संगीतकर्मीहरुले मलाई रुचाइदिनुभएको छ । अबको लक्ष्य के छ ? खास यही गर्छु भन्ने छैन । आफ्नो कामलाई निरन्तरता दिने हो । आफ्नो काममा केन्द्रित रहने हो । आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने हो । सुरुका दिनहरुमा सबैमा यस्तै उत्साह हुन्छ, पछि सेलाउँदै जान्छ नि ? विगतका चर्चित कलाकारहरू प्राय विदेश पलाएन भइरहेका छन् । कोही अमेरिका छन्, कोही कता । जबकी उनीहरु आफ्नो समयमा निकै चर्चित थिए । अहिलेका पुस्तालाई उनीहरुको नाम पनि थाहा हुन छाडिसक्यो होला । उहाँहरुलाई सम्झँदा मलाई डर लाग्छ । मेरो पनि भविष्य त्यस्तै पो हुने हो कि भन्ने लाग्छ । सिजन थ्रीको बिजेता आएपछि तपाईं हराउने पो हो कि ? सबैले आ–आफ्नो भाग्यको खाने हो । आफ्नो भाग्यमा जे छ त्यही गर्ने हो । मलाई त म नियमित काम गर्छु भन्ने लाग्छ । एक वर्ष नहुँदै मेरो १०/१२ वटा गीत रिलिज भइसकेको छ । भोलि म एक सालमा एउटै मात्रै गीत रिलिज गर्न सक्छु । दुई टा मात्रै रिलिज गर्न पनि गर्छु होला । तपाईंलाई सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन दूतका रूपमा पनि नियुक्त गरेको छ । यहाँको प्रचार प्रसार गरिरहनु भएको छ ? मैले प्रदेशको पर्यटन प्रवर्द्धन पनि गरिरहेको छु । योजना नै बनाएर म अगाडि बढिरहेको छु । अब माघदेखि हामी निरन्तर यसैमा लाग्छौँ । माघमा सुदूरपश्चिम प्रदेशको डकुमेन्ट्री बनाउने, नौ वटै जिल्लाको कला संस्कृति, भाषाको प्रवद्र्धन गर्ने र यहाँका पर्यटक क्षेत्रको प्रचार प्रसार गर्ने योजना छ । https://www.youtube.com/watch?v=OQC3MO9gSUI&t=1156s

    • बुधवार, पौष २३ २०७६०२:४५:३४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ