काठमाडौं, २३ पुस । सुगम गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ को भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
विछोडको भावलाई समावेश गरिएको गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् भने रोजी राईका शब्द छन् । यस्तै भिडियोलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।
भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । त्यसैगरी भिडियोमा सन्तोष राना मगरको सम्पादन देख्न सकिन्छ भने चिरञ्जीवी अधिकारीको निर्देशन देख्न सकिन्छ ।
https://youtu.be/uXDI6Qc7abQ
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ