Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

प्रहरी प्रमुखलाई विप्लव समूहकाे धम्कीः घरपरिवार छन् भन्ने हेक्का राख्नू

प्रहरी प्रमुखलाई विप्लव समूहकाे धम्कीः घरपरिवार छन् भन्ने हेक्का राख्नू

  • 1.6K
    SHARES

  • नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले शैल्यशिखर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयका इन्चार्जलाई जनअदालतले कारवाही गर्ने चेतावनी दिएको छ । नेकपा दार्चुलाका इञ्चार्ज आकाश र सेक्रेटरी लक्ष्मण शाहीले विज्ञप्ति जारी गर्दैे यस्तो चेतावनी दिएका हुन् । नेकपामा संलग्न रहेका एक जना कार्यकर्ताको घर परिवारका सदस्यलाई बिना कारण इलाका प्रहरी कार्यालयलमा ल्याई कुटपिट गरेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ ‘प्रहरी इन्सपेक्टरले बिना कसुर नेकपाका एक कार्यकर्ताका काकालाई चौकीमा लगेर मरणासन्न हुने गरि कुटपिट गरेकाले सम्बन्धित उच्च प्रहरी प्रशासनले उनलाई कारवाही नगरे आफ्नो पार्टीले जनअदालतमा ल्याएर कारवाही गरिनेछ। त्यस्तै विज्ञप्तिमा अगाडि भनिएको छ, हाम्रा कमरेडका घरपरिवारका सदस्यहरूलाई बिना कारण चौकीमा लगेर कुटपिट गर्ने इन्सपेक्टर र अन्य षड्यन्त्रकारी तत्वहरूले आफ्ना पनि घर परिवार छन् भनेर हेक्का राख्नु पर्दछ ।’ विज्ञप्ति–

    • शुक्रवार, माघ १७ २०७६०५:३७:१२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ