काठमाडौँ - रूसमा एक युवाले कोरोना भाइरस भएकाे भन्दै सार्वजनिक रेलमा लडेर अभिनय गर्दा कारबाहीमा परेका छन् । उनलाई प्रहरी प्रशासनले सार्वजनिक स्थानमा मजाक गरेको, मानिसलाई डराएको भन्दै कारबाही गरेको हो । प्रहरीले युवालाई ५ वर्ष जेल सजाय र ९ लाख रुपैयाँ जरिवाना गरेको छ ।
युवा लडेर अभिनय गरेको भिडियो एक वेव साइटमा गत फेब्रुअरी २ मा सार्वजनिक भएको थियो । अहिले उक्त भिडियो हटाइसकेको छ । तर, ती युवालाई गत साेमबार प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो भने दुई जनाको खोजी कार्य जारी रहेको समाचारमा जनाइएकाे छ ।
युवकले मेट्रो रेलकाे भित्र मानिसहरु भएको ठाउँमा लडेर अभिनय गरेका थिए । सुरुमा उनलाई मद्दत गर्न मानिसहरु गएका थिए । पछि उनले आफूलाई काेराेना भाइरस भएकाे भनेपछि मानिसहरु भागाभाग भएका थिए । रूसमा कोरोना भाइरस संक्रमण भएको आशंकामा १४४ जनालाई विशेष रुपमा उपचार भइरहेको छ ।
ती युवाकाे नाम गाेप्य राखिएको समाचार जनाइएकाे छ । एजेन्सी
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ