Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

अवैध हातहतियार कारोबारी मुद्दाका तीन जनालाई कैद

अवैध हातहतियार कारोबारी मुद्दाका तीन जनालाई कैद

  • 796
    SHARES

  • काठमाडौँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई ६ महिना कैद र पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले अदालतबाट सफाइ पाएका छन् । नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो । निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोबार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो ।

    • मंगलवार, फाल्गुन ६ २०७६०७:४५:३४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ