Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

ऋचा शर्माद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २५ हजार सहयोग

ऋचा शर्माद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २५ हजार सहयोग

  • 1.1K
    SHARES

  • काठमाडौं- नायिका ऋचा शर्माले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २५ हजार रुपैयाँ सहयोग गरेकी छन्। यो रंगशाला धुर्मुश-सन्तुली फाउन्डेसनले निर्माण गरिरहेको छ। सीताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली आफ्नो आगामी फिल्म ‘सेन्टी भाइरस’ को प्रमोशनका लागि कमेडी च्याम्पियनमा पुगेका बेला ऋचाले सहयोग बापत उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्। ऋचा कमेडी च्याम्पियनको जज हुन्। आफू र आफ्नो परिवारको तर्फबाट भन्दै ऋचाले रकमको चेक हस्तान्तरण गरेकी हुन्। ‘सेन्टी भाइरस’ फिल्मको आम्दानीको ५० प्रतिशत रंगशालामा खर्च गरिने यसअघि घोषणा गरिसकिएको छ। यो फिल्म फागुन ९ गते रिलिज हुँदैछ। ०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो। चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा बन विश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुबिधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ ।      

    • मंगलवार, फाल्गुन ६ २०७६११:३३:५४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ